सेयर बजारमा दोहोरो अंकको गिरावट, बैंकमा लगानीकर्ताको आकर्षण « Eglish Khabarhub

सेयर बजारमा दोहोरो अंकको गिरावट, बैंकमा लगानीकर्ताको आकर्षण



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक १३.७१ अंकले घटेर परिसूचक २१६५.१० बिन्दुमा रोकिएको छ ।

२५७ कम्पनीको १ करोड ७ लाख ५९ हजार ५७९ कित्ता सेयर ३ अर्ब ८६ करोड ४० लाख ८ हजार ९७३ रुपैयाँमा किनबेच भएको छ । बजारमा दोहोरो अंकको गिरावट आउँदा अधिकांश समूहको उपसूचकमा भने गिरावट आएको छ ।

कारोबारमा विकास बैंक ९१.६६, विज्ञ कम्पनी ७.०४, होटल तथा पर्यटन ७९.५०, जलविद्युत ६५.४५, जीवन बीमा ८७.१८, उत्पादन तथा प्रशोधन ७२.८५, माइक्रोफाइनान्स ४१.६६, निर्जीबन बीमा १२३.१३, अन्य समूहको उपसूचक २३.३३ अंकले घटेको छ ।

यता बैंकिङ समूहको उपसूच कभने बढेको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक १५.६१ अंकले बढेको छ ।
कारोबारमा आदर्श लघुवित्त वित्तीय संस्था, सानिमा जीआईसी इन्स्योरेन्स, कुमारी बैंक, स्टयान्डर्ड चार्टर्ड बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो दिन कारोबार रकमका आधारमा कुमारी बैंक अग्रस्थानमा रहेको छ । बैंकको २७ करोड ४८ लाख २८ हजार रुपैयाँको सेयर किनेबच भएको छ । दोस्रो र तेस्रो स्थानमा एनआईसी एशिया बैंक र रिडी पावर कम्पनी रहेका छन् ।

Publish on: