वाणिज्य बैंकहरुको सेयर कारोबारबाट हुने आम्दानी ३१.५९% ले घट्यो, कुनको कति ? « Eglish Khabarhub

वाणिज्य बैंकहरुको सेयर कारोबारबाट हुने आम्दानी ३१.५९% ले घट्यो, कुनको कति ?


१७ माघ २०७९, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा बैंकहरुको सेयर कारोबारबाट हुने आय ३१.५९ प्रतिशतले घटेको छ । गत आवको पुस मसान्तमा बैंकहरुले ४ अर्ब ३७ करोड ९१ लाख ३७ हजार रुपैयाँ आम्दानी गरेका थिए ।

चालु आवको पुस मसान्तसम्म आइपुग्दा ३१.५९ प्रतिशतले घटेर २ अर्ब ९९ करोड ५४ लाख ४० हजार रुपैयाँ रहेको छ ।

यो ६ महिनाको अवधिमा सेयर बजार निकै उतार चढाब रह्यो । उतार चढाबकाबीच बजारमा सामान्य सुधार देखियो तर, बैंकहरुले सेयर कारोबारबाट हुने आय भने बढाउन सकेनन् ।

साउन १ गते बजार २०११.३९ बिन्दुमा रहेको बजार पुस मसान्तमा आइपुग्दा बजार १३७.९९ अंकले बढेर २१४९.३९ बिन्दुमा रहेको छ ।

बजार अस्थिर बन्दा बैंकहरुले गर्ने नेट ट्रेडिङ इनकम घटेको देखिएको छ । ६ महिनाको अवधिमा तीनवटा बैंकको मात्रै सेयर बजारमा गरेको लगानीबाट हुने आय बढेको छ । बाँकीको भने घटेको छ ।

यो अवधिमा राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक र नेपाल एसबीआई बैंकको मात्रै नेट ट्रेडिङ इनकम बढेको छ । बाँकी बैंकको भने घटेको छ ।

बैंकहरुले पुस मसान्तसम्म प्रकाशित गरेको वित्तीय अवस्थाअनुसार माछापुच्छ्रे बैंकले सेयर बजारमा गरेको लगानीबाट १७ करोड २९ लाख ६५ हजार आम्दानी गरेको छ ।

जुन गत आवको सोही अवधिको तुलनामा १९.९६ प्रतिशतले बढी हो । यस्तै नेपाल एसबीआई बैंकले १६ करोड ४२ लाख ८६ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ४१.७६ प्रतिशतले बढी हो ।

गत पुस मसान्तमा वाणिज्य बैंकले ३ करोड ५२ लाख ४९ हजार रुपैयाँ नेट ट्रेडिङ इनकम गरेकोमा चालु आवको सोही अवधिमा आइपुग्दा ४६३ प्रतिशतले बढेर १९ करोड ८७ लाख २१ हजार रुपैयाँ आर्जन गरेको छ । बाँकी १९ वटा बैंकको नेट ट्रेडिङ इनकम घटेको छ ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय अवस्था अनुसार स्टयान्डर्ड चार्टर्ड बैंकको २३.२८ प्रतिशत, ग्लोबल आइएमई बैंकको ३३.२४ प्रतिशत, नबिल बैंकको २३.२४ प्रतिशत, हिमालयन बैंकको ३३.७७ प्रतिशत, मर्जर भएर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५२.८४ प्रतिशत, सानिमा बैंकको नेट ट्रेडिङ इनकम ७.६९ प्रतिशतले घटेको छ ।

एनसीसीलाई गाभेको कुमारी बैंकको नेट ट्रेडिङ इनकम ३१.२४, सिद्धार्थ बैंकको ५०.९३, एनएमबि बैंकको ३०.१२ प्रतिशत, प्रभु बैंकको २६.७१ प्रतिशत, लक्ष्मी बैंकको ४६.११ प्रतिशत, प्राइम बैंकको २२.५१ प्रतिशत, सिटिजन्स बैंकको ४७.७० प्रतिशत, सनराइज बैंकको ५२.१५ प्रतिशतले घटेको छ ।

यस्तै एभरेष्ट बैंकको ६१.५८ प्रतिशत, एनआईसी एशिया बैंकको ५०.२५ प्रतिशत, कृषि विकास बैंकको ४५.९६ प्रतिशत, सिभिल बैंकको ६६.८९ प्रतिशत र नेपाल बैंकको ८४.३२ प्रतिशतले घटेको छ ।

राष्ट्र बैंकले बैंकलाई चुक्ता पुँजीको १ प्रतिशत सेयर बजारमा लगानी गर्न पाउने सुविधा दिएको छ । बैंकहरुले सो सुविधामार्फत सेयर बजारमा गरेको लगानी नेट ट्रेडिङ इनकममा देखाउनुपर्छ ।

बैंकहरुले राष्ट्र बैंकको प्रावधानमा रहेर सेयरमा गरेको लगानी बाहेक सेयर खरिदबिक्री गरी कमाएको आम्दानी अन्य सञ्चालन नाफामा राख्ने गर्दछन् ।

चालु आवको ६ महिनामा सेयर कारोबार मात्र नभएर ट्रेड फाइनान्सको बिजनेस पनि घटेकाले बैंकहरुको नेट ट्रेडिङ इनकम घटेको बैंकर्सहरुको भनाइ छ । पछिल्लो समय डलरको बिक्री कम हुँदा पनि यस्तो कमाइ घटेको बताइन्छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार ००:००  १२ : ३० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping