३४ लघुवित्तको लाभांशः ४ देखि ७६ प्रतिशतसम्म « Eglish Khabarhub

३४ लघुवित्तको लाभांशः ४ देखि ७६ प्रतिशतसम्म



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत लघुवित्त कम्पनीमध्ये हालसम्म ३४ वटाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गरिने लाभांश घोषणा गरेका छन् ।

मनकामना स्मार्ट, उपकार लघुवित्त, सिभिल लघुवित्त, सबैको लघुवित्त, स्वाभिमान लघुवित्त, नेशनल लघुवित्त, कालिका लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, लक्ष्मी लघुवित्त, इन्फिनिटी लघुवित्त, सपोर्ट लघुवित्त, नयाँ सारथी, मिथिला, स्वावलम्बन लघुवित्त, छिमेक लघुवित्त, एनएमबी लघुवित्त, स्वरोजगार लघुवित्त, डिप्रोक्स लघवित्त, महुलि लघुवित्त, महिला लघुवित्त, निर्धन उत्थान लघुवित्त, आधिखोला लघुवित्त, सिवाईसी लघुवित्त, साधना लघुवित्त, मिर्मिरे लघुवित्त, नेरुडे लघुवित्त, मेरो माइक्रोफाइनान्स, फरवार्ड माइक्रोफाइनान्स, गुराँस लघुवित्त, आरएसडिसी लघुवित्त, साना किसान लघुवित्त, फस्र्ट माइक्रो फाइनान्स, आरएसडिसी लघुवित्त र जाल्पा लघुवित्तले उक्त आवको मुनाफाबाट लगानीकर्ताका लागि लाभांश प्रस्ताव गरेका हुन् ।

लघुवित्त कम्पनीहरुले आकर्षक लाभांश घोषणा गरेका छन् । लघुवित्त कम्पनीहरुले न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ७६ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गरेका ३४ लघुवित्त कम्पनीमध्ये सबैभन्दा धेरै लाभांश जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले दिने भएको छ । कम्पनीले आव २०७८/७९ को मुनाफाबाट ७६.८५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ७३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.८५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । उपकार लघुवित्तले ६५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट ६१.७५ प्रतिशत बोनस सेयर र ३.२५ प्रतिशत नगद गरी उक्त दरमा लाभांश वितरण गर्ने भएको हो ।

सबैभन्दा कम लाभांश गुराँस लघुवित्तले घोषणा गरेको छ । गुराँस लघुवित्तले ४ प्रतिशत बोनस सेयर र ०.२१०५ प्रतिशत नगद गरी कुल ४.२१०५ प्रतिशत लाभांश दिने भएको छ ।

महिला लघुवित्तले गत आवको मुनाफाबाट ५० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीले ४७.५ प्रतिशत बोनस सेयर र २.०५ प्रतिशत नगद गरी उक्त दरमा लाभांश दिने भएको हो ।

साधना लघुवित्त, मेरो माइक्रो फाइनान्स र फस्र्ट फाइक्रो फाइनान्स, नयाँ सारथी, इन्फिनिटी, ग्लोबल आइएमई, कालिका लघुवित्त, लक्ष्मी लघुवित्तले २० प्रतिशतका दरले लाभांश दिने प्रस्ताव गरेको छ । नयाँ सारथी र कालिका लघुवित्तले १९ प्रतिशत बोनस सेयर १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेका हुन् । लक्ष्मी लघुवित्तले १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश र ग्लोबल आइएमई लघुवित्तले १२ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेका हुन् ।

मनकामना स्मार्ट लघुवित्तले ५ प्रतिशत, सिभिल लघुवित्तले ११.५८ प्रतिशत, सबैको लघुवित्तले १८.९५ प्रतिशत, स्वाभिमान लघुवित्तले २१.०५ प्रतिशत, नेशनल माइक्रो फाइनान्सले ३८.५ प्रतिशत, सपोर्ट लघुवित्तले ११.५७ प्रतिशत र मिथिला लघुवित्तले १५.७८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेका छन् ।

फस्र्ट माइक्रो फाइनान्सले १९ प्रतिशत बोनस सेयर १ प्रतिशत नगद लाभांश, मेरो माइक्रो फाइनान्सले १० प्रतिशत र १० प्रतिशत नगद लाभांश र साधना लघुवित्तले १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेका हुन् ।

आधिखोला र सिवाईसी लघुवित्तले ३१.५८ प्रतिशत लाभांश दिने भएका छन् । आव २०७८/७९ को मुनाफाबाट आधिखोलाले ३० प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद लाभांश गरी सो दरको लाभांश प्रस्ताव गरेको हो । सिवाईसीले पनि सोही दरमा लाभांश दिने घोषणा गरेको छ ।

यस्तै, फरवार्ड माइक्रो फाइनान्सले आव २०७८/७९को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

आरएमडिसी र साना किसान लघुवित्तले आव २०७८/७९को मुनाफाबाट २७.३६८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेका छन् । कम्पनीहरुले २६ प्रतिशत बोनस सेयर र १.३६८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेका हुन् ।

यस्तै, मिर्मिरे र नेरुडे लघुवित्तले २३ प्रतिशतको दरले लाभांश दिने प्रस्ताव गरेका छन् । मिर्मिरले आव २०७८/७९ को मुनाफाबाट २३ प्रतिशत बोनस सेयर मात्रै दिने भएको हो । भने नेरुडेले २२ प्रतिशत बोनस सेयर र १.१५७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

आव २०७८/७९ को मुनाफाबाट आरएसडिसी लघुवित्तले ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

स्वावलम्बन लघुवित्तले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६.०५ प्रतिशत नगद लाभांश रहेको छ ।

छिमेक लघुवित्तको पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७८/७९ को नाफाबाट २५.२६ लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस २२ र कर प्रयोजनसहित ३.२६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

एनएमबि लघुवित्तको पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १०.५२ लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १० र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

स्वरोजगार लघुवित्तको पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७८/७९ को नाफाबाट २३.१५ लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१५ प्रतिशत लाभांश दिने भएको हो ।

डिप्रोक्स लघुवित्तको पुस २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले १० प्रतिशत बोनस सेयर र करसहित ११.०५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

महुलि लघुवित्तले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई २५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी उक्त दरमा लाभांश दिने भएको हो ।

१० को साधारणसभा सम्पन्न, २४ वटाको बुक क्लोज हुन बाँकी

लाभांश घोषणा गरेका लघुवित्त कम्पनीहरुमध्ये १० वटाको साधारणसभा सम्पन्न भई लाभांश समेत पारित भईसकेको छ । आरएसडिसी लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स, फस्र्ट माइक्रोफाइनान्स, साधना लघुवित्त, सिवाईसी नेपाल लघुवित्त, गुराँस लघुवित्तको, मिर्मिरे लघुवित्त, आँधिखोला, नेरुडे र मेरो माइक्रोफाइनान्सको लाभांश साधारणसभाबाट पारित भएको हो ।

बाँकी रहेका २४ वटा कम्पनीले भने साधारणसभा र बुक क्लोजको मिति तय गरेका छैनन् । जसअनुसार २४ वटा कम्पनीको सेयर किन्दा लाभांश खान पाईन्छ । कम्पनीको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकाट स्वीकृत भएपछि कम्पनीहरुको साधारणसभाले अनुमोदन गरेपछि मात्रै सेयरधनीहरुमा वितरण हुन्छ ।

कम्पनीहरुले सेयरधनीहरुको रेकर्ड राख्ने रजिस्टर (सेयरधनी दर्ता किताब) साधारण सभा, लाभांश वितरण र हकप्रद सेयर जारी गर्नु अघि निश्चित अवधिका लागि सेयरधनी दर्ता किताब बन्द अर्थात् बुक क्लोज गर्ने गर्छन् ।

Publish on: