![](https://internal.appharu.com/wp-content/uploads/2021/09/ipo-1-768x512.jpg)
काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेड कम्पनीले सार्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।
कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ५ करोड रुपैयाँको ५ लाख कित्ता आईपीओ निष्कासन गरेको छ । जसमा ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, २५ हजार कित्ता सामूहिक लगानी कोष र १० हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याएर ४ लाख १५ हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको छ ।
आईपीओमा माघ २६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा फागुन ८ गतेसम्म आवेदन दिन सकिने छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत सकिने छ । यसको बिक्री प्रबन्धकमा सानीमा क्यापिटल रहेको छ ।
SHARE YOUR THOUGHTS