सेयर बजारमा उछाल, हाईड्रोमा लगानीकर्ताको आकर्षण


काठमाडौं । सेयर बजारमा एकाएक उछाल आएको छ । कारोबार सुरुभएदेखि नै बजारमा देखिएको सुधार अन्तिम समयसम्म पनि कायमै रह्यो । बजार मापन गर्ने सूचक ७६.६४ अंकले बढेर परिसूचक २१७७.३४ बिन्दुमा रोकिएको छ ।

२६० कम्पनीको ९३ लाख ३३ हजार ७८८ कित्ता सेयर ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचक हरियो बनेका छन् । बैंकिङ समूहको उपसूचक ३२.२४, विकास बैंक १८६.२९, वित्त कम्पनी १०४.४७, होटल ९७.७२, जलविद्युत १३८.१७, जीवन बीमा ४६७.२६, उत्पादन तथा प्रशोधन १४६.७०, निर्जीबन बीमा ३९३.३९, अन्य समूह ४४.०१, टे«डिङ समूहको उपसूचक ९१.२८ अंकले बढेको छ ।

बजारमा उछाल आउँदा बरुण हाईड्रोपावर, खानीखोला हाईड्रोपावर, राधी विद्युत कम्पनी, आदर्श लघुवित्त वित्तीय संस्था, रिडी पावर कम्पनी, ग्रिन भेन्चर कम्पनीको कारोबारका सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमको आधारमा एनआईसी एशिया बैंकको १२ करोड ९२ लाख ४२ हजार ७६२ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा ङादी पावर कम्पनी र अपी पावर कम्पनी रहेका छन् ।