काठमाडौं । मंगलबार उछाल आएको सेयर बजारमा बुधबार भने सामान्य गिरावट आएको छ ।
कारोबारको सुरुमा निकै उतार चढाब देखिएको बजारमा अन्तिम समयमा ७.१३ अंकको गिरावट देखिएको छ ।
बजार मापन गर्ने सूचक ७.१३ अंकले घट्दा परिसूचक २१७०.२१ बिन्दुमा रोकिएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । २५७ कम्पनीको १ करोड ५ लाख २ हजार ६४९ कित्ता सेयर ३ अर्ब ६९ करोड १९ लाख ७२ हजार ८१७ रुपैयाँको सेयर किनबेच भएको छ ।
बैंकिङ समूहको ०.७९, विकास बैंक २२.६२, वित्त कम्पनी ३६.२५, होटल ४९.७१, जलविद्युत २७.३६, जीवन बीमा ५८.६३, उत्पादन तथा प्रशोधन ४१.९०, माइक्रोफाइनान्स १६.५७, निर्जीबन बीमा २८.५४ र ट्रेडिङ समूहको उपसूचक ११.५० अंकले घटेको छ भने अन्य समूहको उपसूचक ७.७५ अंकले बढेको छ ।
कारोबार तेह्रथुम पावर कम्पनी, धौलागिरी लघुवित्त वित्तीय संस्था, राधी विद्युत कम्पनी, प्राइम लाइफ इन्स्योरेन्स, सबैको लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने आदर्श लघुवित्त वित्तीय संस्था, पोखरा फाइनान्स, ग्रिन भेन्चर, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ११ करोड २८ लाख ६७ हजार २७१ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा अपी पावर कम्पनी र ङादी ग्रुप पावर रहेका छन् ।
SHARE YOUR THOUGHTS