![](https://internal.appharu.com/wp-content/uploads/2019/08/prakash-kumar-shrestha-nrb.jpg)
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश कुमार श्रेष्ठले बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) सहज भएपछि सेयर बजार सुधार आउने बताएका छन् ।
केन्द्रीय बैंकले शुक्रबार मौद्रिक नीतिको अर्धबार्षिक समीक्षापछि आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
कार्यकारी निर्देशक श्रेष्ठले मौद्रिक नीतिको समीक्षाले अहिले नीतिगत व्यवस्थालाई निरन्तरता दिएको भन्दै सेयर बजारमा कायमै रहेको १२ करोडको नीतिलाई कायमै राखेको बताए ।
‘अहिले ब्याजदर केही घट्ने संकेत देखिएको छ’ उनले भने ‘तरलतामा सुधार हुँदै जाँदा सेयर बजार सहज बन्छ । तरलता सहज हुँदा सेयर बजारालई प्रत्यक्ष÷अप्रत्यक्ष सहयोग हुन्छ । अहिले अपेक्षा अनुसार तरलता सहज नभएर अप्ठयारो भएको हो ।’
SHARE YOUR THOUGHTS