आत्मनिर्भर लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन « Eglish Khabarhub

आत्मनिर्भर लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिन आज अन्तिम दिन हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले आज कार्यालय समय भित्र मात्रै आवेदन दिन सक्नेछन् । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई माघ १६ गतेदेखि आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले २ करोड ३ लाख ३८ हजार रुपैयाँको २ लाख ३ हजार ३८० कित्ता सेयर निष्कासन गरेकामा २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरेको हो ।

३ हजार ११७ कित्ता सेयर कर्मचारीहरु र १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सिक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपाली र सर्वसाधारणले नै न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन । यसको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

यस्तै सर्वसाधारणले फागुन ११ देखि १५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा फागुन २५ गतेसम्म आवेदन दिन सकिने छ ।

Publish on: