सेयर बजारमा दोहोरो अंकको गिरावट, परिसूचक २१ सयभन्दा तल « Eglish Khabarhub

सेयर बजारमा दोहोरो अंकको गिरावट, परिसूचक २१ सयभन्दा तल



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

कारोबारको सुरुमा केही समय घटेको बजार पुन बढेर २११७ बिन्दुसम्म पुगेको थियो । कारोबार भएको १ घन्टा पछि घट्न थालेको अन्तिम समयमा लगानीकर्ताको २१ सयको मनोविज्ञान तोडेको छ । बजार अन्तिम समयमा १३.९० अंकले घटेर २०९१.५६ बिन्दुमा रोकिएको छ ।

२५६ कम्पनीको ४८ लाख १५ हजार १२० कित्ता सेयर १ अर्ब ७३ करोड २५ लाख ७५ हजार २०२ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट देखिएको छ । यो दिन बैंकिङ समूहको ६.८६, विकास बैंक २०.०५, वित्त कम्पनी १६.२२, होटल ४०.८१, जलविद्युत २४.५०, जीवन बीमा ११६.३९, माइक्रोफाइनान्स ३०.४७, निर्जीबन बीमा ७२.११ अंकले घटेको छ । यस्तै उत्पादन तथा प्रशोधन समूहको उपसूच कभने ४८.५३ अंकले बढेको छ ।

कारोबारमा युनिलिभर नेपाल, बाराही हाईड्रोपावर, कर्पोरेट डभेलपमेन्ट बैंक, अरुण भ्याली हाईड्रोपावर, अरुण काबेलीका लगानीकर्ताले कमाएका छन् भने विजय लघुवित्त वित्तीय संस्था, माहुली लघुवित्त वित्तीय संस्था, पन्चकन्या माई हाईड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

Publish on: