कारोबार रकमसँगै घट्यो सेयर बजार


काठमाडौं । निकै उतार चढाबका बिच सेयर बजारमा सामान्य गिरावट देखिएको छ । याे दिन बजारसँगै काराेबार रकम पनि घटेकाे छ ।

कारोबारको सुरुमा केही सुधार देखिनासाथ घट्न थालेको बजार करिब २ घन्टासम्म घटेको थियो । २ घन्टाको अवधिमा बजार घटेर १९९० बिन्दुमा पुगेको बजार त्यसपछि बढ्न थालेको हो । अन्तिम समयमा बजार जम्मा ३.६५ अंकले घटेर परिसूचक २०२३. ५४ बिन्दुमा ओर्लिएको छ ।

२५९ कम्पनीको ५१ लाख २० हजार ८८८ कित्ता सेयर १ अर्ब ८९ करोड ३७ लाख ३६ हजार ३६५ रुपैयाँको सेयर किनबेच भएको छ । आइतबार २ अर्ब ५२ करोड ५० लाख ७१ हजार ८०६ रुपैयाँको सेयर किनबेच भएको थियाे ।

कारोबारमो अधिकांश समूहको उपसूचक राताम्मे बनेका छन् । कारोबारमा बैंकिङ समूहको उपसूचक १.३८, विकास बैंक १३.०८, वित्त कम्पनी २८.४७, जलविद्युत ७.४१, जीवन बीमा ८.९६, उत्पादन तथा प्रशोधन २३.३७, माइक्रोफाइनान्स समूहको उपसूचक ३९.३८ अंकले घटेको छ । कारोबारमा ट्रेडिङ समूहको उपसूचक १२.६५, अन्य ११.८०, निर्जीबन बीमा ७.२७, होटल तथा पर्यटन समूहको उपसूचक ४३.८१ अंकले बढेको छ ।