![](https://internal.appharu.com/wp-content/uploads/2023/02/Kumari-and-TATA-768x413.jpg)
सिप्रदी ट्रेडिङ र कुमारी बैंकबीच टाटा मोटर्सको विद्युतीय सवारी साधन खरिदमा कर्जा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार कुमारी बैंकले देशभरका शाखाबाट सिप्रदी ट्रेडिङका सेवाग्राहीलाई सहज रुपमा विद्युतीय सवारी साधन कर्जा उपलब्ध गराउनेछ ।
सहकार्यपश्चात् कुमारी बैंकका ग्राहकले टाटा मोटर्सको विद्युतीय सवारी साधन खरिद गर्दा बैंकबाट सजिलै बिजक मूल्यको ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । कर्जाको अवधि ८ वर्षसम्म रहनेछ ।
कुमारी बैंकका देशभर ३ सय ४ शाखा, २ सय ९४ एटीएम, ६२ शाखारहित बैंकिङ इकाई र ४९ एक्सटेन्सन काउन्टर छन् । सेवाग्राहीलाई अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनमा अझ सुरक्षित, सरल, सुलभ र उत्कृष्ट सेवा प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया