डाबर नेपालद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ३० लाख रुपैयाँ सहयोग « Eglish Khabarhub

डाबर नेपालद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ३० लाख रुपैयाँ सहयोग



काठमाडौं । डाबर नेपालले काठमाडौं इन्स्टिच्युट अफ अफ चाइल्ड हेल्थसँग सम्झौता गरेको छ ।

काठमाडौं इन्स्टिच्युट अफ अफ चाइल्ड हेल्थल नेपालमा गुणस्तरीय बाल उपचार सेवा उपलब्ध गराउने र नेपालको स्वास्थ्य पूर्वाधार विस्तार गर्ने कार्य गर्दछ ।

नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग पुर्‍याउने उदेश्यले डाबर नेपालले नेपालमा गुणस्तरीय बालचिकित्सा हेरचाह उपलब्ध गराउन चाइल्ड हेल्थलाई ३० लाख रुपैयाँ सहयोग गरेको हो ।

नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग गर्ने उदेश्यका साथ, डाबर नेपालले आफ्नो सीएसआर अन्तर्गत चाइल्ड हेल्थलाई अनुदान गरेको बताइएको छ ।

काठमाडौं स्थित डाबर नेपालको प्राङ्गणमा आयोजित कार्यक्रममा कम्पनीकी अध्यक्ष एवं प्रवन्ध निर्देशक इश्वरी राणा, कम्पनीका बिजनेस हेड एचएस बेदीले बाल स्वास्थ्य संस्थानका संस्थापक अध्यक्ष डा. भगवान कोइरालालाई उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए ।

Publish on: