काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो जारी गर्न लागेको छ ।
केन्द्रीय बैंकले बैंकिङ प्रणालीमा देखिएको तरलता अभाव कम गर्न भन्दै २० अर्बको रिपो जारी गर्न लागेको हो ।
रिपोको आज बोलकबोल हुनेछ । आजै ३ बजेसमम रिपो लिन चाहने बैंक तथा वित्तीय संस्थाले बिडिङ गर्नुपर्नेछ । यसको समय १४ दिनको रहेको छ ।
रिपो चैत २ गते परिपक्क हुनेछ । यसमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी सहभागी हुन सक्नेछन् । केन्द्रीय बैंकले अल्पकालीन अवधिका लागि तरलता प्रवाह गर्न रिपो जारी गर्ने गरेको छ ।
बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण ‘रिपो’ हो ।
SHARE YOUR THOUGHTS