मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँट, ५ जना बने भाग्यमानी « Eglish Khabarhub

मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँट, ५ जना बने भाग्यमानी



काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईओ) बाँडफाँट सम्पन्न भएको छ ।

आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँट भएको हो । २ लाख २६ हजार ४६५ जनालाई गोलाप्रथा मार्फत पाएका छन् । गोलाप्रथाबाट ५ जनाले ११ कित्ता र २ लाख २६ हजार ४६० जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।

आईपीओमा १४ लाख २४ हजार ३५१ जना आवेदकले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ७ हजार ५ जनाको आवेदन रद्द भएको थियो ।

कम्पनीले फागुन ४ देखि १० गतेसम्म सर्वसाधारणका लागि २२ लाख ६४ हजार ६५५ कित्ता सेयर निष्कासन गरेको थियो । जसबाट २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र ५४ हजार ५७० कित्ता सेयर कम्पनीका कर्मचारीका लागि निष्कासन गरेको थियो । बाँकी रहेको सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

आईपीओको नतिजा बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेवसाइट, मेरो सेयर, मोलुङ हाइड्रोपावरको वेबसाइट र सीडीएससीले आईपीओ नतिजा थाहा पाउन बनाएको वेबसाइटमार्फत थाहा पाउन सकिने छ ।

Publish on: