![](https://internal.appharu.com/wp-content/uploads/2023/03/Mnemonic-.jpg)
काठमाडौं । आईएमई पेले यो वर्षको होलीको लागि विभिन्न इभेन्ट आयोजकहरुसँग आबद्ध भइ सो इभेन्टहरुको टिकट प्रदाएकको रुपमा रहने जानकारी सार्वजनिक गरेको छ ।
ग्राहकहरुलाई आफ्नो मित्रजन तथा परिवारसँग होली मनाउन सजिलै टिकट उपलब्ध गराउने उदेश्यका साथ आईएमई पेले होली इभेन्ट टिकटिङ सुबिधा प्रदान गरेको हो ।
आईएमई पेमा ग्राहकवर्गहरुले ३ फरक–फरक होली इभेन्टको टिकट प्राप्त गर्न सक्ने छन्। जसमा कलरेल्ला: अन्नपूर्ण होटल,कलर स्प्ल्यास: द मल्ल होटल, होली फिएस्ता २०२३: सिद्दार्थ बुटिक होटल रहेका छन् ।
यि इभेन्टहरु क्रमशः रेडियो नागरिक, मेराकी इन्टरटेनमेन्ट, र अर्बन इन्टरटेनमेन्ट आयोजना गरेका हुन् । ग्राहकले आइएमई पेबाट टिकट खरिद गर्दा डोर सेल्सको टिकट मूल्य भन्दा थोरै मूल्यमा पाउन सक्ने कम्पनीले जनाएको छ । टिकट खरिद गर्न, आइएमई पे एपको ‘इभेन्ट’ सेवा भित्र उपलब्ध छ ।
SHARE YOUR THOUGHTS