![](https://internal.appharu.com/wp-content/uploads/2023/03/duhabi-nagarpalika-768x578.jpeg)
इटहरी । सुनसरीको दुहवी नगरपालिकाले अव हाट बजारको टेण्डर नखोल्ने भएको छ । बजार व्यवस्थापन समिती गठन गरेर आफैँ नगरपालिकाले बजारमा लाग्ने हाटको व्यवस्थापन गर्न लागेको हो ।
पुर्वी तराईमा पुरानो बजारको रुपमा चिनिएको दुहवीको बजार व्यवस्थापनको लागि राजन बस्नेतको अध्यक्षतामा बजार व्यवस्थापन समिति बनाएको र सोहि समितीले बजारको हेरदेख गर्ने नगर प्रमुख वेद नारायण गच्छादार बताउँछन् । बजार व्यवस्थापन समितिले कसरी बजारलाई व्यवस्थित गर्ने भनेर केही पालिकाको भ्रमण समेत गरीसकेको छ ।
८ करोड १० लाख रुपैँया खर्च गरेर तयार गरेको कोल्ड स्टोर सन्चालन हुने तयारीमा रहेको छ ।
कोल्ड स्टोरको निर्माण कार्य सकिएको र कार्यविधि समेत बनिसकेकाले अव चाँडै सन्चालनमा आउने नगर प्रमुख गच्छादारले बताए ।
दुहवीमा भएको गुन्द्री र फलफुल तरकारी बजारलाई व्यवस्थित गर्नका लागि नगरपालिकाले कोल्ड स्टोरको परियोजना सुरु गरेको थियो ।
नव निर्मित कोल्ड स्टोरमा १०० टन फलफुल तथा ७० टन तरकारी स्टोर गर्न सकिने नगरप्रमुख गच्छारको भनाइ छ । नगरपालिकाले बजारलाई व्यवस्थित गर्नका लागि आगामी आर्थिक बर्षबाट स्थानिय कृषकलाई सहुलियत हुने गरीको तयारी थालेको नगरप्रमुख बताउँछन् । सानो शुल्कमा स्थानीय कृषक तथा व्यापारीले कोल्ड स्टोरमा फलफुल तथा तरकारी राख्न सक्ने र त्यो स्टक नसक्दा सम्म नगरमा अन्य सोहि प्रकारको फलफुल तथा तरकारी नभित्राउने गरी कार्यविधि बनाइएको छ ।
यस बाहेक संघीय सरकारको योजनामा कोशी प्रदेश भरीनै उत्कृष्ट भएर दुहवी नगरपालिकाले बजार व्यवस्थापनमा विश्व बैंकबाट ३६ करोड रुपैँया सम्मको अनुदान समेत पाएको छ । बजार र हटिया व्यावस्थापन गर्नका लागि विभिन्न पुर्वाधारका का मगर्न उक्त अनुदानको रकम सदुपयोग गरिने दुहवी नगरपालिकाले बताएको छ ।
नगरपालिकाले नाला, पार्किग, चारैतिर सेड तथा सेल्टर साथै मासुजन्य पदार्थको बिक्रीका लागि कुखुरा, बंगुर तथा माछाको लागि छुटै स्थान बनाउने लगायतका काममा उक्त अनुदान खर्च गर्ने तयारी गरेको बताएको छ ।
बजार व्यवस्थापन समिती बनिसकेपछि अव हटियाको लागि टेन्डर आव्हान नहुने भएको छ नगरपालिकाको बजार व्यवस्थापन समितीले साझै व्यपारीसँग कर उठाउने भएपछि व्यावसायीको लागि झनै सस्तो पर्नेछ भने बजार व्यवस्थापन झण्झटिलो नहुने भएको नगरपालिकाको ठम्याई छ ।
SHARE YOUR THOUGHTS