
काठमाडौं । सिजी होल्डिङ्स अन्तर्गतको अल्को–वेभ डिभिजन हिमालयन व्रुअरीले प्रिमियम बियर “हिमालयन” नेपाली बजारमा ल्याएको छ ।
लोकप्रिय “होलि चाड” लाई लक्षित गरी सो बियर नेपाली बजारमा ल्याएको हो । गोदावरीको मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने यो बियर स्प्रिङ वाटर प्रयोग भई उत्पादन भएको बियर हो ।
चुनिएको उत्कृष्ट युरोपेली हप्स र टु–रो माल्टबाट बनेको यो बियरको स्वाद अरु बियर भन्दा नयाँ र रिफ्रेशिङ्ग भएको कम्पनीले जनाएको छ ।
“फर द वन हु डेयरस्” नारामा लन्च भएको सो बियरमा ६ प्रतिशत अल्कोहल रहेको कम्पनी ले जनाएको छ । यो बियरको प्रिमियम फिचर र स्वादलाई युवा पुस्ताले मन पराउने बिश्वास कम्पनी लिएको छ ।
अहिलेको प्रतिस्पर्धी बियर बजारमा ग्राहकहरुले नयाँ नयाँ स्वादका बियर रुचाउने गर्दछन् । हिमालयन बियर को प्रिमियम फिचर र अलग स्वाद नेपाली बियर पारखीको रोजाईमा पर्ने कम्पनीको विश्वास छ ।
हिमालयन बियर ३३० एमएल र ६५० एमएल बोतलमा उपलब्ध हुनेछन । यस बियर को ६५० एमएलको बोतलको मूल्य ३१० रुपैयाँ र ३३० एमएलको बोतलको मूल्य १६५ रुपैयाँ कायम गरेको छ ।
लामो र गौरवमय इतिहास बोकेको हिमालयन व्रुअरीले नेपाली बजारमा आइसबर्ग, निन्जा, काठमाण्डौं र कमाण्डो जस्ता लोकप्रिय बियर ब्रान्डहरुको उत्पादन गर्दै आएको छ ।
SHARE YOUR THOUGHTS