![](https://internal.appharu.com/wp-content/uploads/2023/03/silicon2-768x432.png)
एजेन्सी । मूख्य गरी स्टार्टअपहरुमा लगानी गर्ने अमेरिकी बैंक सिलिकन भ्याल्ली बैंक केही दिनअघि विश्वकै सबैभन्दा कमजोर बैंक बनेको छ ।
सन् २००८ को आर्थिक मन्दीपछि अहिले गम्भिर संकटका कारण कारोबार बन्द हुने बैंक बनेको छ सिलिकन भ्याल्ली बैंक । विश्वव्यापी रुपमै वित्तीय प्रणालीलाई तर्साउने गरी यो बैंक मन्दीको सिकार बनेको छ, जसकारण अमेरिकी नियामकहरुले यो बैंकको कारोबारलाई बन्द गरेका छन् ।
सिलिकन भ्याल्ली बैंकको कारोबार बन्द हनुलाई बढ्दो ब्याजदर र विश्वव्यापी रुपमा फैलिएको मन्दीसँग जोडिएर हेरिएको छ । तर, यो बैंक संकटका कारण बन्द हुनुले थुप्रै स्टार्टअपहरुलाई भने पूर्णरुपमा असरमा पारेको छ । विश्वभरमै फैलिएका कैयौं स्टार्टअपहरुले आफ्नो रकम जम्मा गरेको यो बैंकको कारोबार बन्द हुँदा यी कम्पनीहरु पनि जोखिममा आइपुगेका छन् ।
अमेरिकामा रहेका कम्पनीहरुले यो बैंकमा ५ बिलियन अमेरिकी डलरभन्दा धेरै रकम सिलिकन भ्याल्ली बैंकमा जम्मा गरेको बताईएको छ । सँगै कैयौं कर्जाका सुविधाहरु पनि यो बैंकमार्फत् यस्ता कम्पनीहरुले लिएका छन् ।
रोब्लक्स
अनलाइन गेमिङसम्बन्धी कम्पनीले आफूसँग भएको करिब ३ बिलियन अमेरिकी डलरमध्येबाट ५ प्रतिशत रकम तथा धितो सिलिकन भ्याल्ली बैंकमा जम्मा गरेको बताएको छ । करिब १५० मिलियन अमेरिकी डलर रकम यो कम्पनीले सिलिकन भ्याल्ली बैंकमा जम्मा गरेको छ ।
रोकु
स्ट्रीमिङ सम्बन्धी उपकरण बनाउने यो कम्पनीले ४८७ मिलियन रकम सिलिकन भ्याल्ली बैंकमा जम्मा गरेको बताएको छ । उक्त कम्पनीसँग भएको कुल सम्पत्तीमध्ये २६ प्रतिशत रकम तथा अन्य धितोहरु सिलिकन भ्याल्ली बैंकमा जम्मा गरेको थियो ।
बजफिड
डिजिटल मिडिया कम्पनी बजफिटले सन् २०२२ को अन्यसम्ममा ५६ मिलियन अमेरिकी डलर रकम तथा अन्य धितोहरु सिलिकन भ्याल्ली बैंकमा जम्मा गरेको थियो ।
सनलाइन फाइनेन्सियल होल्डिङ
सोलर उर्जासम्बन्धी क्षेत्रमा लगानी गर्ने यो कम्पनीले आफूसँग भएको ७३.२ मिलियन अमेरिकी डलरमध्येबाट ६४ मिलियन अमेरिकी डलर सिलिकन भ्याल्ली बैंकमा जम्मा गरेको थियो । गत मार्च १० सम्ममा कम्पनीले बैंकमा आफ्नो सम्पत्तीको ठूलो हिस्सा जम्मा गरेको थियो ।
अक्युटियाड्स होल्डिङ्स
क्यानडामा आधारित यो प्रविधि सम्बन्धी कम्पनीले अमेरिकी सिलिकन भ्याल्ली बैंकमा ५५ मिलियन अमेरिकी डलर जम्मा गरेको थियो ।
एस्ट्रा स्पेस
अन्तरिक्ष यान निर्माण गर्ने एस्ट्रा स्पेसले पनि आफ्नो कम्पनीसँग रहेको चालु पुँजीमध्ये १५ प्रतिशत रकम बैंकमा जम्मा गरेको बताएको छ । कम्पनीसँग भएको कुल रकम, धितो तथा सेयरमध्येबाट गत मार्च १० गतेसम्म १५ प्रतिशत सिलिकन भ्याल्ली बैंकमा डिपोजिट गरेको थियो ।
कोहु इन्क
सेमिकन्डक्टरसम्बन्धी सामग्री निर्माण गर्ने यो कम्पनीले आफ्नो कुल सम्पत्तीमध्येबाट ३.८ प्रतिशत सिलिकन भ्याल्ली बैंकमा जम्मा गरेको थियो । १२.३ मिलियन अमेरिकी डलर कम्पनीले बैंकमा रकम तथा लगानीका रुपमा डिपोजिट गरेको थियो ।
रकेट ल्याब युएसए
अन्तरिक्ष यान निर्माता कम्पनी रकेट ल्याबले सिलिकन भ्याल्ली बैंकमा आफ्नो कुल पुँजीमध्येको ७.९ प्रतिशत सिलिकन भ्याल्ली बैंकमा डिपोजिट गरेको थियो । गत डिसेम्बर ३१ सम्म कम्पनीले बैंकमा ३८ मिलियन अमेरिकी डलर लगानी गरेको थियो ।
अल्कामी टेक्नोलोजी
डिजिटल बैंकिङ सम्बन्धी सेवा प्रदायक कम्पनी अल्कामी टेक्नोलोजीले सिलिकन भ्याल्ली बैंकमा ३.३ मिलियन अमेरिकी डलर रकम जम्मा गरेको थियो । सँगै बैंकमा उक्त कम्पनीले ८.३ मिलियन रकम स्वीप एकाउन्टमा जम्मा गरेको थियो, जसलाई बैंकले नै बाह्य सम्पत्ती खरिद गर्नका लागि प्रयोग गरेको थियो ।
स्टीच फिक्स
अनलाइन स्टायलिङ कम्पनी स्टीच फिक्सले आफूले लामो समयदेखि पर्खाईमा रहेको ४० मिलियन अमेरिकी डलरको क्रेडिट लाइन बैंक बन्द भएका कारण उपलब्ध नहुने बताएको छ ।
सर्कल
अमेरिकामा आधारित क्रिप्टोकरेन्सीसम्बन्धी कम्पनीले आफ्नो कुल ४० बिलियनको सम्पत्तीमध्ये ३.३ बिलियन अमेरिकी डलर सिलिकन भ्याल्ली बैंकमा जम्मा गरेको बताएको छ ।
ब्लकफी
कंगाल भएको क्रिप्टोसम्बन्धी कारोबार गर्ने कम्पनी ब्लकफीले करिब २२७ मिलियन अमेरिकी डलर रकम सिलिकन भ्याल्ली बैंकमा जम्मा गरेको बताईएको छ । वाल स्ट्रीट जर्नलले शुक्रबार प्रकाशत गरेको रिपोर्टकाअनुसार उक्त कम्पनीले ठूलो हिस्सा बैंकमा असुरक्षित कोषका रुपमा जम्मा गरेको थियो ।
पायोनियर
विश्वव्यापीरुपमा फैलिएको डिजिटल कारोबारसम्बन्धी कम्पनी पायोनियरले गत डिसेम्बर ३१ सम्ममा आफूसँग भएको कुल ६।४ बिलियन अमेरिकी डलर रकममध्ये २० मिलियन सिलिकन भ्याल्ली बैंकमा रहेको बताएको छ ।
लेन्डिङक्लब कर्प
यो वित्तीय कम्पनीले आफूसँग गत फेब्रुअरी २८ मा भएको कुल ८ बिलियन रकममध्येबाट २१ मिलियन सिलिकन भ्याल्ली बैंकमा जम्मा गरेको बताएको छ । कम्पनीले आफ्नो चालु खर्च तथा कम्पनी सञ्चालनमा बैंक बन्द हुनुले कुनै जोखिम नरहेको पनि बताएको छ ।
भिर बायोटेक्नोलोजी
बायोटेक कम्पनी भिर बायोटेक्नोलोजीले सिलिकन भ्याल्ली बैंमा आफ्नो २२० मिलियन अमेरिकी डलर राखेको थियो ।
सनरन
घरघरमा सोलार जडान गर्ने कम्पनी सनरनले सिलिकन भ्याल्ली बैंकमा आफूले करिब ८० मिलियन अमेरिकी डलर क्यास डिपोजिट गरेको बताएको छ ।
सुननोभा इनर्जी इन्टरनेसनल
सननोभा कम्पनीको भगिनी संस्था यो कम्पनीले सिलिकन भ्याली बैंकबाट ऋण लिएको थियो । ब्याक लेभरेज सुविधाअन्तर्गत कम्पनीलाई सिलिकन भ्याल्ली बैंकले १५ मिलियन अमेकिरी डलर दिने प्रतिवद्धता गरेको थियो । तर, उक्त रकम उपलब्ध भएको छैन ।
ओक स्ट्रीट हेल्थ
यो स्वास्थ्यसम्बन्धी कम्पनीले सिलिकन भ्याल्ली बैंकबाट ३०० मिलियन अमेरिकी डलरको कर्जा प्रतिवद्धता भउको थियो । हर्कुलस क्यापिटलसँगै यो कम्पनीले पाएको प्रतिबद्धतामध्येबाट हालसम्म जम्मा ७५ मिलियनमात्रै प्राप्त भएको कम्पनीले बताएको छ ।
गिन्क्गो बायोवर्कस् होल्डिङ्स
औषधी उत्पादन गर्ने यो कम्पनीले आफ्नो भगिनी संस्था जाइमर्गेनमार्फत सिलिकन भ्याल्ली बैंकमा ७४ मिलियन अमेरिकी डलर जम्मा गराएको थियो ।
अल्फाटेक होल्डिङ्स
मेडिकल टेक्नोलोजीसम्बन्धी अल्फाटेकले कम्पनीको दैनिक सञ्चालन खर्चमध्येकै १४ मिलियन अमेरिकी डलर सिलकन भ्याल्ली बैंकमा जम्मा गरेको बताएको छ ।
अमेरिकी कम्पनीहरुले सिलिकन भ्याल्ली बैंमा जम्म गरेको ५ बिलियन जस्तै युरोपका कम्पनीहरुले भने यो बैंकमा १९० मिलियन जम्मा गरेका थिए । युरोपका करिब १६ कम्पनीहरले सिलिकन भ्याल्ली बैंकसँग कारोबार गरिरहेका थिए ।
ट्रस्टपाइलट ग्रुप
डेनमार्कको यस कम्पनीले सिलिकन भ्याल्ली बैंकसँग मुख्य कारोबार गर्ने गरेको थियो । उक्त कम्पनीको ३६ मिलियन अमेरिकी डलर अहिले बैंकमै रोकिएको छ । त्यसबाहेक थप १८ मिलियन अमेरिकी डलर युकेमा रहेको बैंकको शाखाबाट बाहिर निकाल्न खोजिएको छ । तर, उक्त प्रक्रिया पनि पुरा भएको छैन ।
डिएकेउटिस
स्वास्थ्य क्षेत्रका कम्पनीहरुलाई प्रविधिसम्बन्धी सेवा दिने यो कम्पनीले सिलिकन भ्याल्ली बैंक बन्द हुँदा आफ्नो सञ्चालन खर्च नै अलपत्र परेको बताएको छ । जसकारण कम्पनीको उत्पादनमा पनि असर पर्ने जनाइएको छ । यो कम्पनीले बैंकमा २२।२ मिलियन पाउण्ड जम्मा गरेको थियो । बैंक बन्द हुनुअघि उक्त रकम निकाल्न खोजेपनि हालसम्म त्यो प्रक्रिया अलपत्र रहेको छ ।
जिल्याण्ड फार्मा
डेनमार्कको औषधी उत्पादक कम्पनी जिल्याण्डले सिलिकन भ्याल्ली बैंकमा २३.४ मिलियन अमेरिकी डलर रकम जम्मा गरेको थियो । यो रकम कम्पनीको कुल तरलतामध्ये १५ प्रतिशत रहेको छ ।
निट्रो सफ्टवेयर
एशिया प्रशान्त क्षेत्रको निकै ठूलो कम्पनी निट्रोले पनि सिलिकन भ्याल्ली बैंकमा १२.१८ मिलियन अमेरिकी डलर जम्मा गरेको जनाएको छ । आफ्नो विश्वव्यापी रिजर्भमध्येबाट यो सफ्टवेयर कम्पनीले १२.१८ मिलियन अमेरिकी डलर सिलिकन भ्याल्ली बैंकमा जम्मा गरेको थियो ।
SHARE YOUR THOUGHTS