काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेको व्यक्तिको सामाजिक सुरक्षा योजना सुरु गरेको ५ दिनमै ५ हजार २ सय श्रमिक आबद्ध भएका छन् ।
कोषका सह–प्रवक्ता रोहित रेग्मीले वैदेशिक रोजगारीमा गएका ५ हजार २ सय जना श्रमिक आबद्ध भइसकेको जानकारी दिए ।
उनकाअनुसार सरकारले गत बुधबार वैदेशिक रोजगारी रहेका श्रमिक विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षाको सुनिश्चित गर्ने गरी योजना सार्वजनिक गरेको थियो । सोही दिनबाट कोषमा आबद्ध हुने श्रमिको संख्या बढ्दै गएको छ।
कोषले अहिले श्रम स्वीकृति लिनुअघि नै कोषमा आबद्ध हुनुपर्ने व्यवस्था गरेको छ । यसका साथै, विदेशमा रहेका श्रमिकले पनि अनलाइनमार्फत् आवेदन दिई कोषमा आबद्ध हुने सक्ने जनाएको छ ।
कोषले विदेशमा रहेका श्रमिक आबद्धका लागि अनलाइन प्रणाली खुल्ला गरेको छैन । तर, कोषले यही हप्ताबाट विदेशमा रहेका श्रमिक आबद्ध हुन सक्ने व्यवस्था गर्न लागेको उनको भनाइ छ ।
SHARE YOUR THOUGHTS