![](https://internal.appharu.com/wp-content/uploads/2023/02/IPO-768x521.jpg)
काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ५ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । त्यसका लागि नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धकसमेत नियुक्त गरेको छ ।
नेपाल एसबीआई मर्चेन्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
SHARE YOUR THOUGHTS