![](https://internal.appharu.com/wp-content/uploads/2023/02/IPO-768x521.jpg)
काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीले आजेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।
कम्पनीले २२ करोड ८० लाख रुपैयाँको २२ लाख ८० हजार कित्ता सेयर निष्कासन गरेको छ । जसमा ८० हजार कित्ता सामूहिक लगानी कोष र ३२ लाख २८ हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याएको छ ।
१३ लाख ३७ हजार ३०२ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आईपीओमा चैत २२ गतेसम्म आवेदन दिइसक्नुपर्ने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा वैशाख ३ गतेसम्म आवेदन दिन सक्ने छन् ।
लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल मार्केट रहेको छ । लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया