२९ मंसिर २०८२, आइतबार

इङवा हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन


काठमाडौं । आयोजना प्रभावित स्थानीयले इङवा हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो ।

आयोजना प्रभावित स्थानीयले आज कार्यालय समयसम्म मात्रै आवेदन दिन सक्नेछन् । हाइड्रोपावरले फागुन २१ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको थियो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले चैत ५ गतेसम्म आवेदन दिइसकेका छन् । स्थानीयले भने आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले स्थानीयका लागि ६ करोड रुपैयाँको ६ लाख कित्ता सेयर निष्कासन गरेको छ ।

जसमा आयोजना अति प्रभावित ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गाउपालिका–३ र पाँचथर जिल्लाको यङपरक गाउपालिका– २ स्थानीयले आवेदन दिन सक्नेछन् ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन आवेदन बिक्री प्रबन्धक नेपाल एसबिआई क्यापिटलदेखि नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, सप्तकोशी विकास बैंकका स्थानीय शाखाबाट दिन सक्नेछन् ।