![](https://internal.appharu.com/wp-content/uploads/2023/04/Tunland-768x403.jpg)
काठमाडौं । नेपालका लागि फोटोन मोटर्सको आधिकारिक विक्रेता एमए डब्लू वृद्धिले टुनल्यान्ड पिकअप गाडीका लागि नयाँ वर्षको आकर्षक स्किम सार्वजनिक गरेको छ ।
‘फ्युल योर एम्बिसन, वन योर टुनल्यान्ड’ नाम दिइएको अफरअन्तर्गत ग्राहकलाई ९.९९ प्रतिशत ब्याजदर र न्यूनतम १२ लाख रुपैयाँ डाउन पेमेन्टमा सवारी साधनको उपलब्ध हुनेछ ।
अफरमा ग्राहकका लागि एक्सचेन्ज विकल्प पनि समावेश छ । एमए डब्लू वृद्धि कमर्सियल भेहिकलका सेल्स हेड नवीन आचार्यले ग्राहकको गाडी किन्ने सपना पूरा गराउन कटिबद्ध रहेको बताए ।
टुनल्यान्ड पिकअप सवारी साधन बहुउपयोगी र भरपर्दो सवारी साधन भएको तथा यो व्यक्तिगत र व्यावसायिक प्रयोगका लागि पनि उपयुक्त रहेको उनको दाबी छ ।
SHARE YOUR THOUGHTS