तुलसी सहकारीका सञ्चालक र प्रबन्धकसहित ३ जना पुर्पक्षका लागि थुनामा « Eglish Khabarhub

तुलसी सहकारीका सञ्चालक र प्रबन्धकसहित ३ जना पुर्पक्षका लागि थुनामा


२६ चैत्र २०७९, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

विराटनगर । विराटनगरको तुलसी बहुमुखी सहकारी संस्थाका दुई सञ्चालक र  एक जना प्रबन्धकसहित ३ जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ । सहकारीका अध्यक्षसहित ५ जना सञ्चालक अझै फरार छन् ।

पक्राउ परेका सहकारीका उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र प्रबन्धक मन्दीप खवासलाई मोरङ जिल्ला अदालतले शुक्रबार पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।

उनीहरुलाई प्रहरीले ठगीसम्बन्धी मुद्दामा पक्राउ गरेर एक हप्ताअघि जिल्ला सरकारी वकिलको कार्यालय मोरङमा उपस्थित गराएको थियो । सरकारी वकिलको कार्यालयले मंगलबार पक्राउ परेका ४ जना र सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित ८ जना सञ्चालकविरुद्ध ठगी मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश प्रकाश कोइरालाको एकल इजलासले आरोपितलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको श्रेस्तेदार टिकेन्द्रजंग राणाले जानकारी दिए ।

सँगै पक्राउ परेका सहकारीका लेखा परीक्षक शीतल चन्दलाई भने सरकारी वकिलको कार्यालयले प्रतिवादी नबनाउने निर्णय गरेको थियो । उनको काम कारबाही विधिसंगत देखिएकाले मुद्दा नचलाउने निर्णय भएको जिल्ला न्यायाधिवक्ता शर्मा काफ्लेले बताए ।

फरार सूचीमा प्रतिवादी बनाइएका सहकारीका अध्यक्ष शर्मा, सञ्चालक समितिका सदस्यहरू बन्टी अधिकारी, आदित्यराज भट्टराई, निर्मला पोखरेल भट्टराई, छविलाल विश्वकर्मा, क्षेत्रीय प्रबन्धक मन्दिप खवास, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेविरुद्ध ठगी मुद्दा दायर भएको छ ।

सहकारीका अध्यक्ष शर्मासहित सञ्चालक र प्रबन्धकहरू मिलेर ६७ करोड ७६ लाख २१ हजार २ सय ६८ रुपैयाँ हिनामिना गरेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको छ । माग दाबी रकममध्ये मोरङ प्रहरीमा १ हजार ३ सय ७ जनाले दिएको उजुरीको आधारमा मात्र ५० करोड ८  लाख ७ हजार ७ सय २८ रुपैयाँ ठगी गरेको खुलेको छ । अध्यक्ष शर्माले १६ करोड  ९७ लाख ४२ हजार ५ सय ४० रुपैयाँ सहकारीको श्रेस्तामा नै नचढाई हिनामिना गरेको प्रहरीले तयार पारेको अभियोग पत्रमा उल्लेख छ ।

अध्यक्ष शर्माका ३३ कम्पनी र जग्गामा लगानी

तुलसी सहकारीका शर्माले ३३ वटा निजी कम्पनी र जग्गामा लगानी गरेको खुलेको छ । मोरङ प्रहरीले गरेको अनुसन्धान र लेखा परीक्षण प्रतिवेदनअनुसार शर्माले सहकारीको करोडौं रुपैयाँ दुरुपयोग गरी सहकारीको मूल्य, मान्यता, मर्म र सिद्धान्त मिचेर वचतकर्ताहरुको रकम निजी कम्पनी र जग्गामा रकम लगानी गरेको रहस्य खुलेको हो ।

अध्यक्ष शर्माले निजी मोटर, इलेक्ट्रिक, जुत्ता, खाद्य उद्योग, चिउरा मिल, र मिडिया कम्पनीमा लगानी गरेको पाइएको छ । यी निजी उद्योगबाहेक शर्माले सहकारीको मापदण्डपिरीत निजी जग्गामा पनि लगानी गरेको पाइएको छ । उदयपुर र झापामा शर्माका नाममा ५ बिघा ६ कठ्ठा जग्गा छ ।

कैद, बिगो र जरिवाना माग दाबी

तुलसी सहकारीका सञ्चालकहरूविरुद्ध सहकारी ऐन २०७४ को दफा १२२ को उपदफा (ख), (घ), (ङ), (च) र (ज) बमोजिम ६ वर्षदेखि ८ वर्षसम्म कैद सजाय माग गरिएको छ । त्यस्तै, उपदफा ९१० को देहाय (घ) तथा ९५० बमोजिम बिगो रकम ५० करोड ८ लाख ७ हजार ७ सय २८ रुपैयाँ वचतकर्तालाई दिन माग दाबी गरिएको छ ।

त्यसैगरी बिगो रकम १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ तुलसी सहकारी संस्थालाई भराइ बिगोबमोजिम जरिवाना तथा कैद सजाय माग दाबी गर्दै अभियोग दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालयका न्यायाधीवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए ।

भारतमा लुकेर बसिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भने सहकारीका अध्यक्ष केदारनाथ शर्मालाई पक्राउ गर्न सकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले उनलाई पक्रन विशेष टोली परिचालन गरिएको बताएका छन् । अध्यक्ष शर्मा २ महिनादेखि प्रहरीको फरार सूचीमा छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार ००:००  १२ : ०८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping