![](https://internal.appharu.com/wp-content/uploads/2022/10/rajesh-kumar-agrawal-768x432.jpg)
काठमाडौं । मोफसलका ठूला उद्योगी राजेशकुमार अग्रवाल दोस्रो पटक नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फ कार्यकारिणी सदस्यको उम्मेदवार बनेका छन् ।
भैरहवामा सञ्चिालित अर्घाखाँची सिमेन्ट, श्री स्टिल, मिलानो सुजमा लगानी गरेका उद्यमी अग्रावाल अर्घाखाँची सिमेन्ट र श्री स्टिलका प्रबन्ध निर्देशक छन् ।
महासंघ मार्फत् उद्योगी र व्यवसायीले भोगेका समस्या समाधानको प्रयास गर्न दोस्रो पटक कार्यकारिणी समितिमा आउन चाहेको अग्रवालले बताए ।
‘मैले यो कार्यकालमा गरेको कामको मुल्यांकन साथीहरुले गर्नु हुन्छ भन्ने विश्वास छ,’अग्रवालले भने,‘अहिले समस्यामा रहेको अर्थतन्त्र सुधारका लागि नीतिगत सुधारको पहल गर्ने मेरो मुख्य उद्देश्य हो ।’
बुधबार हुने नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचनमा अग्रवाल लगातार दोस्रो पटक एशोसिएट सदस्यको उम्मेदवार बनेका हुन् ।
उद्योगको समस्याका विषयमा खासै जानकारी नभएकाले व्यक्तिले औद्योगिक नीति बनाउने समस्या समाधान गर्न आफूले एशोसिएट सदस्यमा उम्मेदवारी दिएको अग्रवालको भनाइ छ ।
SHARE YOUR THOUGHTS