सिद्धार्थ बैंकका ग्राहकहरुलाई नेपालगञ्जको हेल्थ केयर अस्पताल तथा प्रसुती गृहमा छुट « Eglish Khabarhub

सिद्धार्थ बैंकका ग्राहकहरुलाई नेपालगञ्जको हेल्थ केयर अस्पताल तथा प्रसुती गृहमा छुट



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र श्री हेल्थ केयर अस्पताल तथा प्रसुती गृह प्रालिबीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट नेपालगञ्ज शाखा प्रमुख किरण राणा मगर तथा हेल्थ केयर अस्पताल तथा प्रसुती गृह प्रालिका तर्फबाट प्रबन्ध निर्देशक डा. मञ्जु बिसि शाहले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले हेल्थ केयर अस्पताल तथा प्रसुती गृह प्रालि मा सिद्घार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग तथा क्यूआर मार्फत भुक्तानी गर्दा विभिन्न स्वास्थ्य सेवामा १०५ सम्मको छुट प्राप्त गर्न सक्ने छन् ।

यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

Publish on: