![](https://internal.appharu.com/wp-content/uploads/2023/04/PR_Cable-Car-768x594.jpg)
काठमाडौं । आइएमई ग्रुप अन्तर्गत ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’ को ‘आइएमई पे’ बाट अब ग्राहकवर्गले नेपालभारि विभिन्न ठाउँमा स्थापित केबल कारको टिकट काट्न मिल्ने भएको छ ।
आइएमई पेले सुरुवात देखिनै केबल कारको टिकेटिङ् सुविधा प्रदान गर्दै आइरहेको छ । चन्द्रागिरि केबल कारबाट सुरुवात गरिएको सो केबलकार टिकेटिङ् अन्तर्गत आइएमई पेबाट मनकामना, अन्नपूर्ण र मौलाकाली केबल कारको टिकट काट्न सकिनेछ ।
आइएमई पेको यात्रा सेवामा केबलकार भित्र रहेको टिकेटिङ् सुविधा मार्फत ग्राहकवर्गले लाइन बस्ने झन्झट् बिना टिकट काट्न सक्ने कम्पनीले जनाएको छ ।
SHARE YOUR THOUGHTS