![](https://internal.appharu.com/wp-content/uploads/2023/04/yatri-bikes-price-in-nepal-1-768x402.png)
काठमाडौं । नेपालमै उत्पादित विद्युतीय सवारीसाधन बनाउने यात्री कम्पनीका सदस्यसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गरेका छन् ।
प्रधानमन्त्रीले आइतबार कार्यालयमै यात्रीका युवा टोलीसँग छलफल गरेका हुन् । यात्रीसँगको छलफलपछि प्रधानमन्त्रीले सोमबार (भोलि) कै लागि सरोकारवाला सबै निकायको बैठक बोलाएका छन् ।
बैठकमा युवा उद्यमशीलतालाई अझै प्रश्रय गर्न कानुनी विषयमा छलफल हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।
नेपालमै उत्पादन भएको विद्युतीय बाइक यात्री दर्ता हुन नसकेपछि सर्वत्र विरोध भइरहेको छ । विरोधपछि प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण भएको हो ।
SHARE YOUR THOUGHTS