![](https://internal.appharu.com/wp-content/uploads/2023/04/tanahu-1-final-768x403.jpg)
काठमाडौं । प्रतिनिधि सभा सदस्य उपनिर्वाचन अन्तर्गत तनहुँ- १ को मतगणना जारी रहेको छ ।
साढे २१ हजार मत गणना हुँदासम्म राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट अग्रता बनाइरहेको छ ।
रास्वपाका स्वर्णिम वाग्लेले ११ हजार ४२८ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका गोविन्द भट्टराईले ६ हजार ४६५ मत पाएका छन् ।
तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल रहेका छन् । उनले ३ हजार ७४७ मत पाएका छन् । वाग्लेले पाएको मत अन्य दुई उम्मेदवारले पाएको भन्दा बढी रहेको छ ।
SHARE YOUR THOUGHTS