![](https://internal.appharu.com/wp-content/uploads/2021/08/nepal-stock-exchange-nepse.jpg)
काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएको छ । बजारमा सुधार आउँदा कारोबार रकम भने घटेको छ ।
बजार मापन गर्ने सूचक २.७१ अंकले बढेर १८८८.३२ बिन्दुमा रोकिएको छ ।
२७० कम्पनीको २२ लाख ६० हजार ८२३ कित्ता सेयर ७५ करोड १३ लाख ३० हजार ३९३ रुपैयाँको किनबेच भएको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचकमा हरियाली छाएको छ । विकास बैंक २४.५४, वित्त कम्पनी ७.१४, जलविद्युत ७.२२, जीवन बीमा ८२.१०, उत्पादन तथा प्रशोधन २५.९८, माइक्रोफाइनान्स समूहको उपसूचक ३.९५ अंकले बढेको छ ।
यस्तै ०.१६, होटल ६५.८२, निर्जीबन बीमा समूहको उपसूचक १९.१९ अंकले घटेको छ ।
बजारमा सामान्य सुधार आउँदा पिपुल्स पावर, एनआईबिएल प्रगति फण्ड, नलिब इक्विटी फण्ड, आँखुखोला जलविद्युत कम्पनी, मदाङकिनी हाईड्रोपावरका लगानीकर्ताले कमाएका छन् भने कालिन्चोक दर्शन, सनराइज फोकस इक्विटी फण्ड, मोलुङ हाईड्रोपावर, तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले गुमाएका छन् ।
SHARE YOUR THOUGHTS