आइएमई लिमिटेडले १० लाख कित्ता आइपीओ निष्कासन गर्ने, प्रभु क्यापिटल बिक्री प्रबन्धक « Eglish Khabarhub

आइएमई लिमिटेडले १० लाख कित्ता आइपीओ निष्कासन गर्ने, प्रभु क्यापिटल बिक्री प्रबन्धक



काठमाडौं। आइएमई लिमिटेडले १० लाख कित्ता साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले १ अर्ब रुपैयाँ जारी पुँजीको १० प्रतिशतले हुन आउने १० लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो।

जसका लागि कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त गरेको छ।

मंगलबार आयोजित एक कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।

आईएमईले  २२ वर्षदेखि रेमिटेन्स सेवा प्रदायकको काम गर्दै आएको छ। रेमिटेन्स व्यवसायहरू मध्येबाट सबैभन्दा बढी कर तिरेको आधारमा पटक पटक ठूला करदाता सम्मानबाट आइएमई पुरस्कृत भएको छ।

Publish on: