![](https://internal.appharu.com/wp-content/uploads/2019/07/stock-market-down.jpg)
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । कारोबारको सुरुदेखि नै बजारमा आएको गिरावट अन्तिम समयसम्म पनि कायमै रह्यो ।
यो दिनको कारोबारमा बजार मापन गर्ने सूचक १३.६८ अंकले घटेर परिसूचक १८९२ बिन्दुमा ओर्लिएको छ । कारोबारमा सबै समूहको उपसूचक राताम्मे भएका छन् ।
बैंकिङ समूहको ७.६७, विकास बैंक ३५.९२, वित्त १२.७५, होटल ४६.९०, जलविद्युत २०.५७, जीवन बीमा ५६.८२, उत्पादन तथा प्रशोधन ३४.७२, माइक्रोफाइनान्स २०.९५, निर्जीबन बीमा समूहको उपसूचक ५०.९५ अंकले घटेको छ ।
बजारमा दोहोरो अंकको गिरावट आउँदा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, कुमारी इक्विटी फण्ड, उपकार लघुवित्त वित्तीय संस्था, ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाका सेयरधनीले कमाएका छन् भने तारागाउँ रिजेन्सी होटल, मानुषी लघुवित्त, गुँरास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।
कारोबार रकमका आधारमा शिवम सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको ७ करोड १ लाख रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा तारागाँउ रिजेन्सी र एभरेष्ट बैंक रहेका छन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/04/image-46-721x768.png)
SHARE YOUR THOUGHTS