मौलाकालिकामा केवलकार सञ्चालनसँगै बढे पर्यटक « Eglish Khabarhub

मौलाकालिकामा केवलकार सञ्चालनसँगै बढे पर्यटक


१७ बैशाख २०८०, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । पूर्वी नवलपरासीको धार्मिक क्षेत्र मौलाकालिकामा केवलकार सञ्चालनसँगै धार्मिक पर्यटकको चहलपहल बढेको छ ।

मौलाकालिका केवलकार वैशाख १ गतेदेखि सञ्चालनमा आइसकेको छ । गैंडाकोट–१ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल मौलाकालिका केवलकार सञ्चालनसँगै मन्दिरको थप धार्मिक महत्व बढ्ने र धार्मिक पर्यटक वृद्धि हुने अपेक्षा मन्दिर व्यवस्थापनले अपेक्षा गरेको छ । नयाँ वर्ष यता विगतको तुलनामा धार्मिक पर्यटकहरुको आगमन वृद्धि भएको मन्दिर व्यवस्थापनको भनाइ छ ।

मौलाकालिका मन्दिर व्यवस्थापक छवि खनालले मौलाकालिका केवलकार निर्माणले मन्दिरको धार्मिक महत्वलाई बढावा दिएको बतए । उनले मौलाकालिका केवलकार सञ्चालनले चितवन,नवलपरासी र तनहुँ मात्रै नभइ नजिकका आन्तरिक र विदेशी पर्यटक आवागमनमा समेत वृद्धि हुने अपेक्षा रहेको बताए ।

उनले मौलाकालिका मन्दिरको छुट्टै धार्मिक महत्व रहेको भन्दै यसलाई पवित्रस्थल देवघाट धामसँग जोड्न आवश्यक रहेको बतए । उनले केवलकार सञ्चालनमा आएसँगै मन्दिर दर्शन तथा मनोरञ्जनको लागि आउने आन्तरिक तथा वाह्य पर्यटक वृद्धि भएको बताए । उनले मौलाकालिका केवलकार मन्दिरको आधार र मन्दिर केवलकारको आधार बनेको भन्दै दुवैको समन्वयमा यो क्षेत्रको विकासमा हातेमालो गर्न आवश्यक रहेको बताए ।

त्यस्तै,मौलाकालिका मन्दिरका पुजारी नेरेन्द्रप्रसाद भट्टराईले मौलाकालिका मन्दिरको पौराणिक र धार्मिक महत्व रहेको बताए । उनले मौलाकालिका केवकार सञ्चालनले मन्दिरको धार्मिक महत्वलाई बढाउने विश्वास व्यक्त गरे । उनले नयाँ वर्षबाट केवलकार सञ्चलनमा आएसँगै मौलाकालिका मन्दिर दर्शन गर्ने दर्शनार्थीहरु बढेको बताए ।

होटलसहितको मौलाकालिका केवलकार झण्डै १ अर्ब ५० करोड रूपैयाँ लागतमा बनेको छ । केबलकार आयोजनामा ५१ प्रतिशत शेयर मुख्य लगानीकर्ता आइएमइ समूह र बाँकी ४९ प्रतिशत लगानी स्थानीयको रहको छ । केवलकारले स्थानीयसहित करिव चार सय व्यक्तिलाई रोजगारी दिने कम्पनीको भनाइ छ । यसका साथै मौलाकालिका मन्दिर नजिकै अत्याधुनिक रिसोर्ट निर्माणाधीन अवस्थामा छ।

मन्दिर नजिक रहेको हेलिप्याडमा केवलकारको टपस्टेशन निर्माण भएको छ भने मौलाकालिका फेदीमा रहेको धारापानीमा बटम स्टेशन निर्माण भएको छ । केवलकारको एकतर्फी लम्बाई एक हजार दुई सय मिटर छ । यसका लागि छ वटा टावर निर्माण गरिएको छ । केबलकारमा १४ डब्बा (गोन्डला) रहेका छन् । एउटा डब्बामा एक पटकमा आठ जना यात्रु अटाउने क्षमता छ ।

हरेक डब्बा एक स्टेशनबाट अर्को स्टेशन पुग्न पाँच मिनेट लाग्दछ । केवलकार सञ्चालनमा आएपछि प्रतिदिन ६ हजार यात्रु आवतजावत गराउन सकिने क्षमता रहेको छ । केवलकारका लागि ५६ रोपनी जग्गा अधिग्रहण गरिएको छ । कम्पनीले त्यसबापत सरकारलाई ५८ रोपनी जग्गा सट्टाभर्ना दिएको छ । कम्पनीले पूर्वी नवलपरासीकै मिथुकरम (दुर्गम पहाडी) गाउँको जग्गा किनेर सरकारलाई दिएको हो ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार ००:००  १० : ५८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping