
काठमाडौं । साताको पहिलो कारोबा दिन पनि सेयर बजारमा आएको गिरावटले निरन्तरता पाएको छ । बजार मापन गर्ने सूचक १९.११ अंकले घटेर परिसूचक १८७०.६५ बिन्दुमा रोकिएको छ ।
कारोबारको सुरुदेखि नै घटेको बजारले अन्तिम समयसम्म पनि निरन्तरता पाएको छ । २७१ कम्पनीको ३२ लाख ६ हजार ४५० कित्ता सेयर ९५ करोड ४३ लाख २२ हजार ३७७ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा सबै समूहको उपसूचक राताम्मे बनेका छन् । बैंकिङ समूहको उपसूचक ९.४७, विकास बैंक ४२.६७, वित्त २०, होटल २६.९३, जलविद्युत ४५.४४, जीवन बीमा ८७.१७, उत्पादन तथा प्रशोधन ४१.२२, माइक्रोफाइनान्स ३१.४३, निर्जीबन बीमा ४६.६६, अन्य १८.२८, ट्रेडिङ समूहको उपसूचक ३५.४१ अंकले घटेको छ ।
बजार राताम्मे बन्दा एनआईबिएल ग्रोथ फण्ड, अपर सोलु हाईड्रो इलेक्ट्रिसीटी, हिमालयन उर्जा विकास कम्पनी, आँखुखोला जलविद्युत कम्पनी, पिपूल्स पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको ४ करोड २५ लाख १० हजार ८२५ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट बैंक, तारागाँउ रिजेन्सी होटल रहेका छन् ।

SHARE YOUR THOUGHTS