
काठमाडौं । एच मेडिकल एण्ड डाएगनोष्टिक प्रालीका कर्मचारीहरुले मासिक रुपमा आफ्नो तलबको केही अंश एनआईबीएल सहभागिता फण्डको व्यवस्थित लगानी योजना (एसआईपी) मार्फत लगानी गर्न सक्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडद्वारा प्रर्वद्धित एनआईबीएल म्युचुअल फण्ड अर्न्तगतका योजनाहरुको योजना व्यवस्थापक तथा डिपोजटरी रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र एच मेडिकल एण्ड डाएगनोष्टिक प्रालीबीच एनआईबीएल म्युचुअल फण्ड अर्न्तगत सञ्चालित एनआईबीएल सहभागीता फण्डमा “कर्पोरेट पेरोल सिप” मार्फत उक्त कम्पनीका कर्मचारीहरुले लगानी गर्ने उदेश्यका साथ एक सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
यस योजना अन्तर्गत, एच मेडिकल एण्ड डाएगनोष्टिक प्रालीका विभिन्न तहका कर्मचारीहरुले आफ्नो इच्छा अनुरुप मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागिता फण्डको व्यवस्थित लगानी योजना (एसआईपी) मार्फत लगानी गर्न सक्नेछन् ।
उक्त सम्झौतामा एच मेडिकल एण्ड डाएगनोष्टिकका तर्फबाट कम्पनीका प्रमुख संचालन अधिकृत मदन अर्याल र एनआईबीएल एस क्यापिटल लिमिटेडका तर्फबाट कम्पनीका नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।