
काठमाडौं । प्रतिनिधि सभा सदस्य डा अमरेशकुमार सिंहले देशको बजेटसमेत विचौलियाले बनाउने गरेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी बहस कार्यक्रममा सांसद सिंहले त्यसरी बिचौलियाले बनाएर बजेट अर्थमन्त्रीले सदनमा आएर पढ्ने बताए ।
‘अन्तिम समयमा आएर विचौलियाले बजेट बनाउँछन् । अर्थमन्त्रीले सदनमा आएर पढ्छन् । अनि सर्वदलीय संसद्ले त्यसलाई चोख्याइदिन्छ’, सिंहले भने ।
नेपालमा इभेन्ट बेसिस र पोलिसी बेसिसमा भ्रष्टाचार हुने गरेको उनको भनाइ थियो । नीतिगत भ्रष्टाचार डरलाग्दो अवस्थामा रहेको सिंहले बताए ।
‘नेपालमा दुईथरीको भ्रष्टाचार छ । पहिलो इभेन्ट बेसिस र अर्को पोलिसी बेसिस । पोलिसी बेसिस करप्सन डरलाग्दो छ ।’
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा तीनै दल भ्रष्टाचारी जगाउन लागिपरेको आरोप लगाए । सांसद टोपबहादुर रायमाझी फरार हुनुमा प्रधानमन्त्री नै कारक भएको उनको आरोप छ ।