खाणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

म्याद थपका लागि खाणसहितका आरोपीलाई दोस्रो पटक जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो ।

सरकारी वकिलको कार्यालय काठमाडौंले ४ दिन हिरासतमा राख्न माग गरेको थियो । त्यसअनुसार नै आइतबारदेखि लागु हुनेगरी चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला अदालतले जनाएको छ ।