मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भगवान कोइरालाको अगुवाइमा बनिरहेको बाल अस्पताललाई हिमालयन बैंकद्वारा २० लाख सहयोग


काठमाडौं । हिमालयन बैंक लिमिटेडले काठमाडौं इन्सटिच्यूट अफ चाइल्ड हेल्थलाई बीस लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले हेपाली हाइट, बुढानीलकण्ठ काठमाडौंस्थित काठमाडौं इन्सटिच्यूट अफ चाइल्ड हेल्थलाई बुधबार बाल अस्पताल निर्माण गर्नका लागि रुपैयाँ बीस लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।

सन् २०१७ सालमा स्थापना भएको काठमाडौं इन्सटिच्यूट अफ चाइल्ड हेल्थ, एक गैर नाफा मुलक संस्थाका रुपमा सबैका बाल–बच्चाहरुका लागि सुलभ मूल्यमा सहज ढङ्गले उच्च गुणस्तरको बाल स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ अग्रसर रहेको छ ।

सो संस्थाले दमकमा पनि बाल अस्पताल संचालनमा ल्याइ सेवा प्रदान गरेको छ । उक्त संस्थाको सत्कर्मलाई आत्मसाथ गर्दै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग प्रदान गरेको जनाएको छ ।

बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले सो संस्थाका अध्यक्ष प्रा.डा. भगवान कोइरालालाई सो रकम हस्तान्तरण गरेका थिए ।