मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निजगढ विमानस्थल निर्माण गर्ने घोषणा गरेका छन् ।

सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले निजगढ विमानस्थल निर्माण गर्ने घोषणा गरेका हुन् ।

सरकाले विगत १५ वर्षदेखि निजगढ विमानस्थल निर्माण गर्ने घोषणा गर्दै आएको छ ।

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा गर्न नसकेको सरकारले अर्को अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा गरेको हो ।