पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । मुलुकको अर्थतन्त्र सुधारलाई केन्द्रमा राख्दै आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत भएको छ ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

“अर्थतन्त्रको समग्र मागमा आएको ह्रास, तरलताको सङ्कुचन, उच्च ब्याजदर, मूल्यवृद्धि, न्यून पुँजीगत खर्च, कमजोर राजस्व परिचालन तथा बाह्य क्षेत्रमा परेको चापलाई क्रमशः सम्बोधन गरिँदै लगिनेछ”, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पौडेलले भने ।

विगतका वर्षमा घोषणा गरिँदै आएको सातै प्रदेशमा मेडिकल कलेज बनाउने, अद्यौगिक पूर्वाधारमा सुधार गर्ने, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने, चालु खर्च घटाउँदै जाने, पुँजीगत खर्च बढाउने, सार्वजनिक निर्माणलाई चुस्त बनाउने, पूर्वाधार निर्माणका क्रममा देखिएका समस्या समाधान गर्ने, पर्यटकीय पूर्वाधार विकास गर्ने, स्वास्थ्य क्षेत्रलाई विस्तार गर्ने लगायतका कार्यक्रम यस पटक पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

पुँजी बजारको विकास र विस्तारका लागि संरचनागत सुधार गर्ने

सरकारले पुँजी बजारको विकास र विस्तारका लागि संरचनागत सुधार गर्ने भएको छ ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै सरकारले पुँजी बजारको विकास र विस्तारका लागि संरचनागत सुधार गर्ने भएको उल्लेख गरे ।

पुँजी बजारमा गैरा आवासीय नेपालीलाई लगानी खुला गर्ने, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सरकारी ऋणपत्र र नीजि क्षेत्रका आयोजनाको आईपीओमा लगानी गर्न प्रेरित गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

वर्षायाममा मासिक ५०, हिउँदमा ३० युनिटसम्म बिजुली नि:शुल्क दिने घोषणा

सरकारले बर्षायाममा मासिक ५० युनिट र हिउँदमा मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई निशुल्क विद्युत उपलब्ध गराएने भएको छ । उर्जामा सबै नागरिकको पहुँच विस्तार गर्न सरकारले काम गर्ने भएको हो । 

आगामी २ वर्षभित्र सबैको घरमा विद्युत पुग्ने भएको छ भने विपन्न वर्गलाई निशुल्क विद्युतको मिटर उपलब्ध गराइने सरकारको नीति तथा कार्यक्रममा रहेको छ । खाना पकाउने ग्यासलाई विद्युतीय चुलोले प्रतिस्थापन गरिने भएको छ ।

सुकुम्बासी हटाउने, ठूला सहरको फोहोर व्यवस्थापन गर्न नीतिगत व्यवस्था गर्ने

सरकारले काठमाडौं उपत्यकालगायत नदीआसपासको सुकुम्बासी घटाउने भएको छ ।

सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले काठमाडौं उपत्यकालगायत अन्य स्थानका पनि नदी किनारआसपास रहेका वास्तविक विपन्न र भूमिहीनलाई उपयुक्त स्थानमा स्थानान्तरण गरेर नदीकिनारका अतिक्रमित भूमी खालि गराइने घोषणा गरेका हुन् ।

काठमाडौं उपत्यकासहित मुलुकका ठूला सहरको फोहोरमैलाको दिगो व्यवस्थापनका लागि नीतिगत र संस्थागत प्रबन्ध गर्ने पनि उनले बताए । यस्तै सरकारले स्थानीय तहलाई फोहोरमैला व्यवस्थापनका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कडा कानुन बनाउने

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले एसिया प्रशान्त समूह (एपीजी) ले दिने सुझावका आधारमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन संशोधन गरिने बताएका छन् ।

सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले एपीजीको सुझावका आधारमा अवैध धनलाई वैध बनाउन नदिने गरी कानुनी व्यवस्था गर्ने घोषणा गरे ।

सहकारी नीति परिमार्जन गरिने, बचत तथा ऋण सहकारीलाई श्रम क्षेत्रमा केन्द्रित गर्ने

 सरकारले आगामी आर्थिक वर्षमा राष्ट्रिय सहकारी नीतिमा परिमार्जन गर्ने भएको छ ।

शुक्रबार संघीय संसद्को दुबै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेललेसहकारी संघ संस्थाको अनुगमन र नियमन, संस्थागत सुशासन, प्राप्ति तथा एकीकरण, बचत तथा लगानीको सदुपयोग र सुरक्षण गर्न आवश्यक व्यवस्था मिलाइने भएको उल्लेख गरे ।

सहकारी क्षेत्रको पुनसंरचनासहित बचत तथा ऋण सहकारीलाई उत्पादन तथा श्रम क्षेत्रको केन्द्रित हुने व्यवस्था मिलाइने भएको छ ।

गिट्टी बालुवा निकासी गर्ने 

ढुङ्गा, वालुवा, गिट्टीजस्ता नदीजन्य वस्तु उत्खनन र निर्यातका लागि बाटो खोल्नुपर्ने भन्दै निजी क्षेत्रले लामो समयदेखि उठाइरहेको विषय आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा अटाएको छ ।

आज संसदमा प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रमले ढुङ्गाखानीको व्यावसायिक उत्खनन र निकासी गर्न सकिने उल्लेख गरेको छ । ‘ढुङ्गा खानीहरूको संरक्षण, प्रवर्द्धन, व्यावसायिक उत्खनन तथा निकासीका माध्यमबाट आय र रोजगारी सिर्जना हुने नीतिगत र कानूनी व्यवस्था मिलाइनेछ,’ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भनिएको छ, “हालसम्म नक्साङ्कन हुन नसकेको देशको उच्चपहाडी र हिमालय क्षेत्रको भौगर्भिक नक्साङ्कन गरी धातु, अधातु एवं दुर्लभ भौगोलिक पदार्थको अन्वेषण कार्य अगाडि बढाइनेछ ।’

दिगो व्यापार पूर्वाधार विकासका लागि गुरुयोजना तयार पार्ने विषय पनि नीति तथा कार्यक्रममा राखिएको छ । सार्वजनिक–निजी साझेदारीको मोडेलमा औद्योगिक र व्यापार सहजीकरणका उपायमार्फत व्यापार लागत कम गरी नेपाली वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाइने उल्लेख छ ।

पेट्रोलियम पदार्थमाथिको परनिर्भरता घटाउन विद्युतीय सवारी साधनको उत्पादन र प्रयोगलाई प्रोत्साहित गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

एक टोल एक सामूहिक कृषि उत्पादन, एक वडा एक विशेष उत्पादन र एक पालिका एक उत्पादन क्षेत्र

सरकारले ‘एक टोल एक सामूहिक कृषि उत्पादन, एक वडा एक विशेष उत्पादन र एक पालिका एक उत्पादन क्षेत्र’ कार्यक्रम घोषणा गरेको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘एक टोल एक सामूहिक कृषि उत्पादन, एक वडा एक विशेष उत्पादन र एक पालिका एक उत्पादन क्षेत्र” नीतिमार्फत आत्मनिर्भर स्थानीय अर्थतन्त्रको निर्माण गरिने घोषणा गरेको हो ।

‘प्रदेश र स्थानीय तहको सहकार्यमा प्रत्येक पालिकामा एक–एक वटा शीतगृह, कृषि भण्डारण र वितरण केन्द्र स्थापना गरी किसानको उत्पादनलाई बजारीकरण गरिनेछ,’ पौडलले भने र त्यस्तै, उपयोगमा नआएका तथा बाँझो जमिनमा कृषि खेती प्रवर्द्धन गर्न युवालक्षित सहकारी तथा सामुदायिक खेती प्रणालीलाई प्रोत्साहित गर्ने घोषणा गरेको छ । कृषि उत्पादन वृद्धि गर्न भूमिको चक्लाबन्दीलाई प्रोत्साहित गरिनेछ ।

नदी उकास जग्गामा भूमिहीन विपन्नलाई लक्षित गरी स्थानीय तहको समन्वयमा जग्गा, बीउ, प्रविधि तथा कृषि प्रसार सेवा उपलब्ध गराई तरकारी तथा फलफूल उत्पादनमा वृद्धि गर्ने उल्लेख गरेको छ । साथै, डिजिटल स्वाइल म्यापिङ्ग कार्यलाई थप प्रभावकारी गराइनेछ। वडास्तरसम्म कृषि तथा पशुपन्छी क्षेत्रका प्राविधिक जनशक्ति परिचालन गर्ने घोषणा गरेको छ ।

साथै, रासायनिक मल समयमै उपलब्ध गराइनेछ । रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापना गर्न बहुवर्षीय योजना तयार गरी कार्यान्वयनमा ल्याइने र स्थानीय तहमा जैविक मल कारखाना स्थापना गर्न प्रोत्साहन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

राष्ट्रिय परिचयपत्र अनिवार्य

 सरकारले आगामी ३ वर्षभित्र जग्गा धनी प्रमाण पुर्जा, बैंक खाता, स्थायी लेखा नम्बर र सवारी चालक अनुमतिपत्र जारी गर्दा अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र नम्बर उल्लेख गर्नुपर्ने व्यवस्था गर्ने घोषणा गरेको छ ।

आगामी ३ वर्षभित्र जग्गा धनी प्रमाण पुर्जा, बैंक खाता, स्थायी लेखा नम्बर र सवारी चालक अनुमतिपत्र जारी गर्दा अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र नम्बर उल्लेख गर्नुपर्ने व्यवस्था गर्ने र एक वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र दिने घोषणा पनि गरेको छ ।

विदेशमा रहेका नेपालीलाई भोट हाल्न पाउने व्यवस्था गर्ने 

सरकारले नागरिकतासम्बन्धी समस्या अविलम्ब समाधान गर्ने घोषणा गरेको छ । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई आवधिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्ने भएको छ ।

त्यस्तै सरकारले आतंकवाद तथा संगठित अपराध मिटरब्याजी, हिंसा, साइबर अपराध, लागु औषधको अवैध ओसारपसार कारोबारलगायत सबै प्रकारका अपराधजन्य गतिविधि नियन्त्रणमा आधुनिक प्रविधिको उपयोग गरी सुरक्षा निकायलाई सक्षम बनाउने भएको छ ।

सरकारले आगामी ५ वर्षमा कारबासमा कैदीको चाप नहुने गरी निर्माण भएका कारागारको सञ्चालन तथा नयाँ कारागार निर्माण गर्ने भएको छ ।

पाठेघर र स्तन क्यान्सरको निःशुल्क उपचार

 सरकारले पाठेघर र स्तन क्यान्सरको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ ।

सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको पाठेघर तथा स्तन क्यान्सरको निःशुल्क उपचार गर्ने घोषणा गरेका हुन् ।

सरकारले शीघ्र पहिचान गरेर प्रारम्भिक उपचारलाई विशेष कार्यक्रमको रुपमा अगाडि बढाएर देशभर विस्तार गर्ने उनले बतााए ।

साथै, सातै प्रदेश अस्पतालमा बाँझोपन र नि:सन्तान उपचारको व्यवस्था मिलाइने पनि राष्ट्रपतिले घोषणा गरे । प्रजनन स्वास्थ्यमा सबैको पहुँच सुनिश्चित गर्ने उनले बताए ।

त्यस्तै स्थानीय तहमा रहेका सुत्केरी केन्द्रहरुलाई स्तरोन्तति गरिने तथा प्रदेश स्तरको कम्तीमा एउटा अस्पताललाई मुटुको शल्यक्रिया र क्यान्सरसमेतको निदान हुन सक्ने सुपर स्पेसियालिटी अस्पतालको रुपमा विस्तार गर्ने उनले घोषणा गरे ।

९८ प्रकारका औषधी स्वदेशमा नै उत्पादन गरिने

सरकारले आगामी आर्थिक वर्षमा आधारभुत स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक ९८ प्रकारका औषधी स्वदेशमा नै उत्पादन गरिने व्यवस्था मिलाउने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै औषधी तथा स्वास्थ्य सम्बन्धी सामग्रीहरु स्वदेशमा नै उत्पादन गरेर आत्मनिर्भर हुन वित्तीय र अन्य सहुलियत उपलब्ध गराइने उल्लेख गरे । 

सिंहदरबार वैद्यखाना र जडिबुटी प्रशोधन केन्द्रको पुनसंरचना गरि आयुरवेदिक औषधीको उत्पादन र उपलब्धता वृद्धि गरिने भएको छ ।

औषधी व्यवसाय विभागलाई खाध्य औषधी तथा स्वास्थ्य प्रविधि विभागको रुपमा रुपाान्तरण गरिने भएको छ ।

नवप्रवर्धन तथा आविष्कार कोष स्थापना गरिने

सरकारले नवप्रवर्धन, अनुसन्धान, आविष्कार र विज्ञान शिक्षाको विस्तारलाई प्रोत्साहन गर्न नवप्रवर्धन तथा आविष्कार कोष स्थापना गर्ने भएको छ ।

राइड सेयरिङसम्बन्धी कानुन बनाइने

सरकारले राइड शेयरिङ सम्बन्धी कानून बनाउने घोषणा गरेको छ । 

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राइड शेयररिङ क्षेत्रलाई व्यवस्थित गर्ने घोषणा गरेको हो ।

हालसम्म सरकारले राइड शेयडशेयरिङ सम्बन्धी कुनै कानून बनाएको छैन । नेपालमा दर्जनभन्दा बढी राइड शेयररिङ सञ्चालनमा रहेपनि सरकारले कानूनको दायरमा ल्याउन सकेको छैन ।

जसले गर्दा समय–समयमा विवाद आउने गरेको छ । त्यसले सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा राइड शेयररिङलाई कानूनको दायरमा ल्याउने भएको हो ।

प्रेस काउन्सिललाई मिडिया काउन्सिल बनाइने

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले प्रेस काउन्सिलको कानुन संशोधन गरिने बताएका छन् ।

सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले प्रेस काउन्सिलसम्बन्धी कानुनलाई संशोधन गर्दै मिडिया काउन्सिल बनाइने बताएका हुन् ।

सबै सञ्चारमाध्यमलाई नियमन गर्न सक्ने गरी प्रेस काउन्सिललाई अधिकारसम्पन्न मिडिया काउन्सिल बनाइने पौडेलले घोषणा गरे ।

मध्यपहाडी लोकमार्ग आसपास १० नयाँ सहर बनाइने

 सरकारले मध्यपहाडी लोकमार्ग आसपासका १० नयाँ सहरलाई पहिचानयुक्त सहरको रुपमा विकास गर्ने भएको छ ।

सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले सघन सहरी विकास कार्यक्रमलाई विस्तार गर्ने भएको घोषणा गरेका हुन् ।

ग्रामीण उत्पादनको सजिलै बजारीकरण गर्न साना बजार केन्द्र तथा बस्तीालाई आधारभूत सेवासहित विस्तार गरिने पनि उनले बताए ।

स्वास्थ्य बिमालाई पुनराबलोकन गरिने

सरकारले सात प्रदेशका संघीय अस्पतालमार्फत बाझोपन र निसन्तान सम्बन्धी उपचार निशुल्क प्रदान गर्ने घोषणा गरेको छ ।

शुक्रबार सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी अस्पतालको बहिरंग सेवालाई बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाइने बताए ।

महिलाहरुमा देखिने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरलाई पहिचान र उपचार सम्बन्धी सेवा निशुल्क र सिघ्र उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ । र, यो कार्यक्रमलाई देशभर विस्तार गर्ने सरकारको योजना छ ।

यस्तै, स्वास्थ्य बीमा कार्यक्रम पुनरावलोकन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सातै प्रदेशमा मेडिकल कलेज बनाउने घोषणा

 राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सातै प्रदेशमा मेडिकल कलेज स्थापना गरिने घोषणा गरेका छन् ।

सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले क्षेत्रीय अस्पताललाई पनि मेडिकल कलेजमा स्तरोन्नति गरिने बताएका हुन् ।

राष्ट्रिय संस्कृति नीति तर्जुमा गरिने

सरकारले आगामी वर्ष राष्ट्रिय संस्कृति नीति तर्जुमा गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा नेपाली संस्कृति प्रवर्द्धनमा विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । 

पशुपति र लुम्बिनीलाई विशिष्टीकृत अध्ययनस्थलका रूपमा विकास गरिने भएको छ ।

सरकारले नेपाली संस्कृति प्रवर्द्धन, ऐतिहासिकस्थलका उत्खनन, तिलौराकोट र जनकपुरलाई विश्व सम्पदासूचीमा सूचीकृत गर्न प्रयत्न गर्ने नीति पनि सरकारले लिएको छ । 

धार्मिक तथा सांस्कृतिक स्थललाई सुन्दर बनाएर धार्मिक पर्यटन प्रवर्द्धन गरिने भएको छ ।

सरकारले ‘हाम्रो सम्पदा, राम्रो सम्पदा’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा पनि सरकारले आगामी वर्ष काम गर्ने भएको छ । 

सरकारले स्रष्टा संरक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रकृति र संस्कृतिको संयोजन गरी पर्यटन प्रवर्द्धन गरिने नीति पनि सरकारले लिएको छ ।

सरकारले विद्युतिय सवारी साधान मात्रै खरिद गर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले विद्युतिय सवारी साधान मात्रै खरिद गर्ने बताएका छन् ।

सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले आगामी वर्षदेखि विद्युतिय सवारीसाधान खरिद गर्ने सरकारको प्रथामिकतामा पर्ने बताए ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने

 राष्ट्रपति रामचन्द्र पौडेलले निजगढ विमानस्थल निर्माण गर्ने घोषणा गरेका छन् ।

सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले निजगढ विमानस्थल निर्माण गर्ने घोषणा गरेका हुन् ।

सरकाले विगत १५ वर्षदेखि निजगढ विमानस्थल निर्माण गर्ने घोषणा गर्दै आएको छ ।

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा गर्न नसकेको सरकारले अर्को अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा गरेको हो ।

राष्ट्रिय यातायात नीति बनाउने, पूर्वाधारमा दुई सिफ्टमा काम गर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय यातायात नीति बनाइने बताएका छन् ।

सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले सार्वजनिक यातायातमा संघ, प्रदेश र स्थानीय तहको अधिकार प्रस्ट हुने गरी नीति बनाउने बताएका हुन् ।

पौडेलले राष्ट्रिय पूर्वाधार गुरुयोजना तयार गर्ने र पूर्वाधार निर्माणका क्षेत्रमा दुई सिफ्टमा काम गरिने बताए । 

त्यस्तै आगामी आर्थिक वर्षको अन्त्यसम्ममा हुम्ला जिम्ला सदरमुकामलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सरकारको योजना छ ।

२०८० को दशक ‘नेपाल भ्रमण दशक’

सरकारले २०८० को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने भएको छ ।

सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले २०८० को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने घोषणा गरेका हुन् ।

यस्तै सरकाले सन् २०२५ लाई विशेष पर्यटन वर्षको रुपमा मनाउने भएको छ । 

नेपाललाई सबैका लागि सधैंका लागि पर्यटकीय गन्तव्य बनाउने र  आन्तरिक तथा बाह्य पर्यटन पर्वधन कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसअघि सरकारले २० लाख विदेशी पर्यटक ल्याउने गरी सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरे पनि कोरोना महामारीले उक्त कार्यक्रम प्रभावकारी हुन सकेको थिए ।

यसअघि सरकारले सन् २०११ र सन् १९९८ मा पनि भ्रमण वर्ष मनाएको थियो ।

हेटौंडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो कारखानालाई सञ्चालनमा ल्याइने

सरकारले लामो समयदेखि बन्द तथा रुग्ण अवस्थामा रहेका उद्योगहरु सञ्चालन, खारेजी र एकीकरणमा आवश्यक व्यवस्थापनको विषयमा अध्ययन गर्न उच्चस्तरीय समिति गठन गर्ने भएको छ ।

सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पुन: सञ्चालनको सम्भावना रहेका हेटौंडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो कारखानालाई सञ्चालनमा ल्याउने घोषणा गरेका हुन् ।

निजी क्षेत्रको सहकार्यमा विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्रामको पूर्वाधार बनाउने सरकारको योजना छ ।

उद्योगमा निर्वाध विद्युत आपूर्ति सुनिश्चित गरिने र उद्योगले पहुँच सडक बनाएमा सरकारले निश्चित प्रतिशत रकम दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

भू-उपयोग नीति बनाउने सरकारको घोषणा

राष्ट्रपति रामचन्द्र पौडेलले तीनै तहका सरकारको समन्वयनमा भू-उपयोगसम्बन्धी नीति ल्याउने घोषणा गरेका छन्।

सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले प्रभावकारी रुपमा भूमिको उपयोग गर्न भू-उपयोगसम्बन्धी नीति ल्याउने घोषणा गरेका हुन्

स्थानीय तहलाई भूमिको वर्गीकरण गर्न दिने नीति लिइए पनि प्रभावकारी हुन सकेको थिएन ।

तीन तहका आयोजना वर्गीकरण गर्ने र तयारी नभएका आयोजनामा बजेट विनियोजन नगर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले विकास आयोजनाहरु निर्धारण समयमा पूरा गर्न अध्ययन सम्पन्न भएका परियोजनामा मात्रै बजेट विनियोजन गरिने बताएका छन् । 

सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले आयोजना वर्गीकरण निर्देशिकाबमोजिम तीन तहमा सञ्चालन हुने आयोजनाको वर्गीकरण गर्दै बजेट विनियोजन गरिने पौडेलले घोषणा गरे ।

सरकारले तीनै तहका सरकारमा परियोजना बैंकसम्बन्धी व्यवस्था गरिने पौडेलले बताए । विकास आयोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न जग्गा प्राप्ति, वन क्षेत्र प्राप्ति, वातावरणीय प्रभाव मूल्यांकन र खरिद प्रक्रियामा सहजीकरण गर्न कानुन ल्याउने सरकारको योजना छ ।

जग्गाको हदबन्दी सीमा पुनरवलोकन गर्ने

सरकारले लिजमा उपलब्ध गराइएका जग्गा उद्देश्यअनुरूप प्रयोग भए/नभएको कडाइका साथ अनुगमन गर्ने घोषणा गरेको छ ।

सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले लिजमा उपलब्ध गराइएका जग्गा उद्देश्यअनुरूप प्रयोग भए/नभएको कडाइका साथ अनुगमन गर्ने बताएका हुन् ।

त्यस्तै, सरकारले भूमि प्रशासनसम्बद्ध प्रविधि र प्रणालीलाई स्तरोन्नति गर्ने भएको छ । ‘मालपोत र नापीसम्बन्धी आधारभूत सेवा स्थानीय तहबाटै एकीकृत रूपमा प्रदान गरिनेछ । सरकारी, सार्वजनिक र सामुदायिक जग्गाको स्रेस्ताबमोजिम विद्युतीय लगत तयार गरिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यसैगरी, सरकारले भौगोलिक सूचना प्रणालीमा आधारित वैज्ञानिक जग्गा मूल्यांकन पद्धतिको विकास गरी जग्गाको खरिद–बिक्रीमा हुने मूल्यलाई पारदर्शी र यथार्थपरक बनाउने जनाएको छ । नापनक्सासम्बन्धी कार्यलाई पनि थप व्यवस्थित र प्रविधियुक्त बनाइने राष्ट्रपति पौडेलले जानकारी दिए ।

सरकारले संघ, प्रदेश र स्थानीय तहको समन्वयमा भू–उपयोग योजना तयार गरिने जनाएको छ । व्यावसायिक कृषि, पशुपालन र स्वदेशी कच्चापदार्थमा आधारित उद्योगलाई आवश्यक पर्ने जग्गाको उपलब्धतालाई सरलीकृत गरिने राष्ट्रपति पौडेलले बताए ।

त्यसैगरी, सरकारले उद्योगलाई उपलब्ध गराइने जग्गाको हदबन्दी सीमा पुनरवलोकन गर्ने भएको छ । बाँझो जग्गा उपयोगका लागि नीतिगत व्यवस्था गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ

प्रतिनिधि सभाका सम्माननीय सभामुख¸

राष्‍ट्रिय सभाका सम्माननीय अध्यक्ष¸

सङ्‍घीय संसद्‌का माननीय सदस्यहरू¸

माननीय सदस्यहरू,

माननीय सदस्यहरू,

माननीय सदस्यहरू

माननीय सदस्यहरू,

माननीय सदस्यहरू¸

माननीय सदस्यहरू¸

माननीय सदस्यहरू,

माननीय सदस्यहरू¸

माननीय सदस्यहरू,

माननीय सदस्यहरू¸

माननीय सदस्यहरू,

माननीय सदस्यहरू¸

माननीय सदस्यहरू,

माननीय सदस्यहरू,

माननीय सदस्यहरू,

माननीय सदस्यहरू¸

माननीय सदस्यहरू,

माननीय सदस्यहरू¸

माननीय सदस्यहरू¸

माननीय सदस्यहरू¸

माननीय सदस्यहरू

माननीय सदस्यहरू,

प्रतिनिधि सभाका सम्माननीय सभामुख¸

राष्‍ट्रिय सभाका सम्माननीय अध्यक्ष¸

माननीय सदस्यहरू¸

      धन्यवाद।