मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्जाको साँवा, ब्याज तिर्न ७० सहकारीलाई कोषको निर्देशन, अटेर गरे कालोसूचीमा राख्ने



काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले ७० वटा सहकारी संस्थालाई लिएको ऋणको साँवा, ब्याज र हर्जना ३५ दिन भित्र बुझाउन निर्देशन दिएको छ ।

३५ दिन भित्र संस्थाले तिर्नुपर्ने ऋणको साँवा, ब्याज र हर्जना नतिरेमा तीनपुस्ते विवरण सहित रकम असुलीको लागि कालो सूचिमा राख्ने, राष्ट्रिय दैनिक पत्रिका एवं सम्बन्धित निकायहरूमा सूचना प्रकाशित गर्ने जनाएको छ ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग थोक कर्जा सम्झौता गरी लिएको ऋण आजको अहिलेसम्म चुक्ता नभएकोले ३५ दिन भित्र कोषलाई बुझाउनु पर्ने साँवा, व्याज र हर्जाना सहितको सम्पूर्ण रकम बुझाउन भनेको हो ।

‘तोकिएको समयमा रकम नबुझाएमा निम्न बमोजिमका संस्थाका संचालक समिति, लेखा समिति एवं कर्जा उप समिति (सम्झौता गर्दाको बखतको समिति देखि हालसम्मका) को तीनपुस्ते विवरण सहित रकम असुलीको लागि कालो सूचिमा राखि, राष्ट्रिय दैनिक पत्रिका एवं सम्बन्धित निकायहरूमा सूचना प्रकाशित गरिने व्यहोरा समेत जानकारी गराईन्छ’ जारी सूचनामा उल्लेख छ ।

कोषबाट कर्जा लिनेमा अधिकांश बचत तथा ऋण सहकारी संस्था रहेका छन् भने बहुउद्देश्यीय सहकारी, कृषि सहकारी, सञ्चार सहकारी लगायत रहेका छन् ।