
काठमाडौं । करको दायरा विस्तार हुँदै जाँदा हालसम्ममा कुल करदाताको संख्या ५३ लाख ४१ हजार १ सय ७८ पुगेका छन् ।
सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार २०७९ को फागुनसम्म स्थायी लेखा नम्बर लिने करदाताको कुल संख्या ५३ लाख ४१ हजार १ सय ७८ पुगेका छन् ।
सर्वेक्षणअनुसार व्यक्तिगत स्थायी लेखा नम्बर लिने ६४.६ प्रतिशत, व्यावसायिक स्थायी लेखा नम्बर लिने ३४.९ प्रतिशत र करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर ०.५ प्रतिशत छ ।
यसैगरी, आर्थिक वर्ष २०७९/८० को फागुनसम्म मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाता ३ लाख ७ हजार ७ सस १० र अन्तशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख २० हजार २ सय ९२ पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्