
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले बजेट सार्वजनिक गरे लगत्तै भन्सार विभागका महानिर्देशकको जिम्मेवारी शोभाकान्त पौडेललाई दिएका छन् ।
वैशाख अन्तिम सातामात्र भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको थियो ।
मन्त्री महतले बजेट लगत्तै खानेपानी मन्त्रालयबाट पौडेललाई भित्र्याउँदै भन्सार विभागको जिम्मेवारी दिएका हुन् ।
यसअघि पौडेल आन्तरिक राजस्व विभागका पनि महानिर्देशक थिए । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग खटपट भएपछि पौडेललाई विभागको महानिर्देशकबाट हटाइएको थियो ।
पौडेलले ठूला करदाता कार्यालयका प्रमुख भएर पनि काम गरेका छन् । उनी राजस्व समूहका अधिकृत हुन् ।
SHARE YOUR THOUGHTS