आरती ब्रान्डका स्टिलजन्य उत्पादन बेच्ने कम्पनीको वार्षिक १४ अर्ब २७ करोडको व्यापार « Eglish Khabarhub

आरती ब्रान्डका स्टिलजन्य उत्पादन बेच्ने कम्पनीको वार्षिक १४ अर्ब २७ करोडको व्यापार



काठमाडौं । आरती ब्रान्डको स्टिलजन्य सामग्री सामग्री उत्पादन गरी बिक्री गर्दै आएको आरती स्ट्रिप्स प्रालिले एकै वर्ष १४ अर्ब २७ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १४ अर्ब २७ करोड रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२१ मा १३ अर्ब ६१ करोड ७० लाख रुपैयाँ र सन् २०२० मा १२ अर्ब ३२ करोड रुपैयाँको व्यापार गरेको थियो । कम्पनीअनुसार सन् २०२२ मा सन् २०२१ को तुलनामा ५ प्रतिशतले व्यापार बढेको जनाएको छ ।

कम्पनीले रंगिन जस्तापाता आरती स्पेक्ट्रा, गाल्भानाइज्ड सिट र एमएस पाइप आरती सुरक्षा र टीएमटी बार आरती परफेक्ट र आरती टाइगरमा बिक्री वितरण गर्दै आएको छ । साथै, गाल्भालुम सिट आरती सिल्भर बिक्री वितरण गर्दै आएको छ ।

सन् २००१ देखि वेट फ्लक्स ग्याल्भजाइज्ड प्लेन रक जस्तापाता उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । कम्पनीसँग वाषिक ३ लाख ८१ हजार मेट्रिक टन स्टिलजन्य सामग्री उत्पादन क्षमता छ ।

चार वटा भारतीय इन्भेष्टमेन्ट कम्पनीले सञ्चालन गर्दै आएको कम्पनीको निर्देशक विशाल गुप्ता हुन् । कम्पनीअनुसार सन् २०२२ मा व्यापार बढ्नुको मूल्यको ठूलो भूमिका छ । सन् २०२२ मा मूल्य बढ्दा व्यापारमा वृद्धि भएको देखिएको हो । तर, परिमाणमा भने १९ प्रतिशतले घटेको कम्पनीको भनाइ छ ।

त्यस्तै, कम्पनीले सन् २०२२ मा ५ प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२१ मा ६ प्रतिशतले नाफा कमाएको थियो । त्यस्तै, आर्थिक संकटले गर्दा आन्तरिक बजारमा माग कम थियो । तर, निर्यात बढ्दा आम्दानी बढेको हो ।

कम्पनीले सन् २०२१ मा २ अर्ब ९७ करोड ३० लाख रुपैयाँको स्टिलजन्य सामग्री निर्यात गरेको छ । सन् २०२१ मा ६८ करोडको मात्रै निर्यात गरेको थियो । कम्पनीअनुसार सन् २०२२ मा आम्दानी गरेकोमध्ये २१ हिस्सा निर्यातको छ ।

त्यस्तै, सन् २०२३ को ९ महिनाको अवधिमा निर्यात बढ्दा व्यापार बढेको कम्पनीको भनाइ छ । जसमा कम्पनीले सन् २०२३ को ९ महिनाको अवधिमा १० अर्ब ६२ करोड ३० लाख रुपैयाँको व्यापार गरिसकेको छ ।

कम्पनीले उद्योगको क्षमता बढाएको छ । कम्पनीले उद्योगमा थप लगानी गरेर १ लाख ५० लाख मेट्रिक टन कोल्ड रोलिङ मिल स्थापना गरेको छ । कम्पनीले भारत र चीनबाट कच्चा पदार्थ आयात गरी नेपालमा उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ।

कम्पनीसँग ५५ हजार मेट्रिक टन गाल्भानाइज उत्पादन गर्ने दुई वटा उद्योग छ । त्यसमध्ये एउटा उद्योग १ लाख गाल्भालुम उत्पादन गर्ने उद्योगमा परिणत गरेको छ । उक्त उद्योगले सन् २०२१ देखि व्यापार सुरु गरेको छ ।

कम्पनीको देशभर २०० वटा डिर छन् । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ११ अर्ब ७६ करोड ९४ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब ४८ करोड ९४ लाख रुपैयाँ अर्थात् ट्रीपल बी माइनस र अल्पकालीन कर्जाका लागि ९ अर्ब २८ करोड रुपैयाँ अर्थात् एथ्री रेटिङ पाएको छ ।

Publish on: