![](https://internal.appharu.com/wp-content/uploads/2019/07/stock-market-down.jpg)
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । बजार मापन गर्ने सूचक १७.३८ अंकले घटेर परिसूचक १७.३८ अंकले बढेर परिसूचक १९०१.९९ बिन्दुमा ओलिर्एको छ ।
२७७ कम्पनीको ५६ लाख २० हजार ३८१ कित्ता सेयर १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार १७० रुपैयाँको सेयर किनेबच भएको छ । कारोबारमा ४६ कम्पनीको सेयर मूल्य बढेको छ भने १६६ कम्पनीको सेयर मूल्य घटेको छ ।
कारोबारमा सबै समूहको उपसूचक घटेको छ । बैंकिङ समूहको ९.१६, विकास बैंक ५०.९५, वित्त १७.३९, होटल ३२.०१, जलविद्युत ११.५१, जीवन बीमा १२४.१४, उत्पादन तथा प्रशोधन १२१.३०, माइक्रोफाइनान्स १८.६४, निर्जीबन बीमा ५७.०६, टे«डिङ समूहको उपसूचक ३६.९४ अंकले घटेको छ ।
बजारमा दोहोरो अंकको गिरावट आउँदा रिभरफल्स पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/06/image-7-730x768.png)
SHARE YOUR THOUGHTS