![](https://internal.appharu.com/wp-content/uploads/2021/08/nepal-stock-exchange-nepse.jpg)
काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । कारोबारमा देखिएको उतार चढाबका बिच बजारमा सामान्य सुधार देखिएको हो । बजार मापन गर्ने सूचक ७.२३ अंकले बढेर परिसूचक १९३९.६१ बिन्दुमा रोकिएको छ ।
२७३ कम्पनीको ५९ लाख ६२ हजार ९३ कित्ता सेयर २ अर्ब ३० करोड ५८ लाख ८८ हजार ९३१ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक ३.१४, होटल ३९.०४, जलविद्युत १९.१३, उत्पादन तथा प्रशोधन ३८.१० अंकले घटेको छ ।
यस्तै विकास बैंक ३१.९८, जीवन बिमा १४५.७७, निर्जीबन बिमा ५०२.११, अन्य समूहको उपसूचक १२९.६० बिन्दुमा रोकिएको छ । बजारमा सामान्य सुधार आउँदा ११४ कम्पनीको सेयर मूल्य घटेको छ भने ९३ कम्पनीको सेयर मूल्य बढेको छ ।
कारोबारमा दोल्ती पावर कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ । कारोबारमा भुगोल इनर्जी डेभलपमेन्ट, मनकामना स्मार्ट लघुवित्त, सानिमा जीआईसी इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् ।
कारोबार रकमका आधारमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सको १० करोड २६ लाख ८७ हजार ७१३ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्स, शिवम सिमेन्ट कम्पनी रहेका छन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/06/image-10-726x768.png)
SHARE YOUR THOUGHTS