![](https://internal.appharu.com/wp-content/uploads/2023/06/closure-768x360.jpg)
काठमाडौं । साझा पावार डेभलपमेन्ट प्राइभेट लिमिटेडले निर्माण गर्ने २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनामा कुमारी बैंकले लगानी गर्ने भएको छ ।
कुमारी बैंक र साझा पावर डेभलपमेन्टबीच मंगलबार वित्तीय व्यवस्था (फाइनान्सियल क्लोजर) सम्पन्न भएको हो ।
साझा पावार डेभलपमेन्ट प्रालिको तर्फबाट कम्पनीका अध्यक्ष संजिव न्यौपाने र प्रबन्ध निर्देशक कुबेरमणि नेपाल र बैंकको तर्फबाट परियोजना वित्त पोषण प्रमुख भुषण तण्डुकारले फाइनान्सियल क्लोजरमा हस्ताक्षर गरेका थिए ।
सिन्धुपाल्चोकको बलेफी नदिमा निर्माण हुने २० मेगावाट क्षमताको बलेफी तल्लो खोला जलविद्युत आयोजनामा रिडी पावर कम्पनी लिमिटेडको मुख्य लगानी रहेको छ । यो कम्पनीको निर्माण सुरु भएको मितिबाट २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको साझा पावार डेभलपमेन्ट प्रालिका प्रबन्ध निर्देशक कुबेरमणि नेपालले बताए ।
बलेफी तल्लो खोला जलविद्युत आयोजनामा ४ सय ४० करोड लगानीमा रहेको छ । जसमा ७५ प्रतिशत कुमारी बैंकले लगानी गर्नेछ । बाँकी २५ प्रतिशत रकम रिडी पावरले हकप्रद जारीबाट उठेको रकम लगानी गर्नेछ ।
SHARE YOUR THOUGHTS