
काठमाडौं । काठमाडौं महानगरमा सवारी साधन पार्किङ प्रयोजनको भवन निर्माण स्वीकृतिका लागि गरिने नक्सा पासमा लाग्ने दस्तुरमा छुट दिने भएको छ ।
महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरिएको हो ।
‘काठमाडौं महानगरपालिकाले निजी क्षेत्र संघसंस्था तथा व्यक्ति विशेषले सवारी साधन पार्किङ प्रयोजनको मात्र भवन निर्माण स्वीकृतिका लागि नक्सा पेस गरेमा निर्माण हुने भवनको नक्सापास वातपको लाग्ने कुल दस्तुरमा ९० प्रतिशत छुट दिइने छ’ नीति तथा कार्यक्रममा भनिएको छ ।
त्यस्तै सबैका लागि पार्किङ सुविधा कार्यक्रम सञ्चालनका लागि मोबाइल एप्लिकेशन तयार गरी प्रयोगमा ल्याइने बालेनले जनाए।
प्रतिक्रिया