
काठमाडौं । बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका पूर्व बैंकर अनिलकेशरी शाहले आफ्नो सोच र राष्ट्रिय स्तवन्त्र पार्टीको चाहना मिलेपछि पार्टीमा प्रवेश गरेको बताएका छन् ।
रास्वपा प्रवेश गरेसँगै पार्टीको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी पाएका शाहले पार्टी स्थापना दिवसका अवसरमा नयाँ पार्टी कार्यालय बालाजुमा आयोजित पत्रकार सम्मेलनमा ३१ वर्षे बैंकिङ क्षेत्रमा आवद्ध भएपछि आफू नेतृत्व विकासका लागि हिँडेको बताए । त्यसमा रास्वपाको पनि उद्धेश्य मिलेकोले पार्टी प्रवेश गरेको बताए ।
‘नेतृत्वको विकास कसरी गर्ने हरेक क्षेत्रमा भनेर अगाडि बढ्दा राष्ट्रिय स्वतन्त्र पार्टीसँग धेरै बहस भयो,’ शाहले भने, ‘मैले उहाँहरूको सोच र मेरो सोच एकदम मिलेको पाएँ ।’
उनले आगामी दिनमा रास्वपामा लाग्न चाहनेहरुका लागि नेतृत्व केहो र कसरी विकास गर्ने भन्नेबारे सिकाउने बताए ।
उनले देशको सबैभन्दा ठूलो पीडा अर्थतन्त्रको रहेको र त्यसको डाक्टर नै रास्वपामा भएको दाबी गरे ।
SHARE YOUR THOUGHTS