बजेट छलफल: मधेसको पर्यटन प्रवर्द्धनमा प्राथमिकता दिइएन « Eglish Khabarhub

बजेट छलफल: मधेसको पर्यटन प्रवर्द्धनमा प्राथमिकता दिइएन



काठमाडौं । आमजनता पार्टीका अध्यक्ष प्रभु साहले संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयसम्बन्धी बजेट तर्जुमा गर्दा तराई–मधेसलाई प्राथमिकता नदिइएको गुनासो गरेका छन् ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले मधेसका ऐतिहासिक, पौराणिक र महत्वपूर्ण सम्पदा, मठ, मन्दिरलाई पर्यटन पूर्वाधारका रुपमा विकसित गर्ने गरी कुनै बजेट र कार्यक्रम नल्याएको बताए । तर प्रधानमन्त्री पुष्पकमल दाहालले भने भने मधेसलाई बजेट कम छुट्याइएको भन्ने सत्य नभएको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले विपद् जोखिम व्यवस्थापनका लागि पर्याप्त कार्यक्रम र बजेट नदेखिएको औँल्याउँदै ट्राफिक प्रहरीहरुको मानसिक स्वास्थ्यका लागि बजेट राख्न माग गरे ।

यसअघिको बैठकमा छलफल सुरु हुँदा उपराष्ट्रपतिको कार्यालयका लागि खर्च शीर्षक पुस्तिका सांसदहरुलाई उपलब्ध नगराइएको जनाउँदै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले विरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगन भएको थियो । दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले कार्यसूचीबाट सो कार्यालयको शीर्षक हटाएपछि बैठक सञ्चालन भएको थियो ।

Publish on: